बाढीबाट आठ सय बिघा जमिनमा लगाइएको केराखेती नष्ट

बाढीबाट आठ सय बिघा जमिनमा लगाइएको केराखेती नष्ट


सप्तकोसी नदीमा हालै आएको बाढीका कारण सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा लगाइएको लाखौँ मूल्यबराबरको केराखेती नष्ट भएको छ ।

हनुमानगर कंकालनी नगरपालिका–१ भारदह र वडा नं. २ को कोसी पुल क्षेत्रमा करिब पाँच सय बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीय दिनेश राउतले बताए । सप्तकोसीको बाढी खेतमा पसेपछि केराखेती नष्ट भएको हो । भारदहको विभिन्न स्थानमा लगाइएको केराखेतीमा पानी थुनिएर बोट सुक्न थालेको छ ।

एक बिघा जग्गामा केराखेती गर्न रु. तीन लाखसम्म खर्च हुने गरेको किसानले बताएका छन् । हनुमाननगर कंकालनी नगरपालिका–२ जोगिनियाँस्थित कोसी पलारमा लगाएको केराखेतीसमेत बाढीका कारण नष्ट भएको छ । यहाँ तीन सय बिघामा केराखेती गरिएको छ ।