राष्ट्रपतिबाट कुमारीको दर्शन

राष्ट्रपतिबाट कुमारीको दर्शन


राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन शुक्रबार वसन्तपुर पुगेर श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नाका साथै प्रसाद ग्रहण गरेकी छन् ।
सो अवसरमा राष्ट्रपतिले कुमारीलाई वस्त्र, आभूषण र सुपारी पनि प्रदान गरेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिए । असोज ५ गते भाद्रकृष्ण द्वादशीका दिन गाडिएको लिङ्गो राति १० बजेर २७ मिनेटको साइतमा ढालिएपछि यस वर्षको इन्द्रजात्रा पनि समापन भएको छ ।