बालअधिकारबारे गुल्मीमा विशेष अन्तरक्रिया

बालअधिकारबारे गुल्मीमा विशेष अन्तरक्रिया


रमेश विक, गुल्मी

जिल्ला बाल सञ्जाल गुल्मीले बालअधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न भएको कार्यक्रममा

बालबालिकाको हेरचाह नगर्ने तथा विद्यालय नपठाउने अभिभावक वा घरपरिवारलाई सरकारी सुविधामा रोक लगाएर अघि बढे मात्रै बालबालिकाको क्षेत्रमा परिणाममुखी काम हुनसक्ने कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक जिल्ला न्यायाधिवक्ता लक्ष्मणप्रसाद घिमिरेले बताए ।

बालबालिकाका अधिकार, मुलुकी संहिता ऐनले बालबालिकासम्बन्धी गरेको नयाँ ब्यवस्था, निर्मला हत्या काण्डलगायतको विविध विषयमा छलफल गरिएको जिल्ला बाल कल्याण समिति गुल्मीका पूर्व सदस्य गणेश विश्वकर्माले बताए ।

सडक बालबालिकाको सरंक्षण, हरेक बालबालिका विद्यालय पठाउनु पर्ने बाबुआमाको कर्तब्य हो भन्दै विविध छलफल भएको थियो । कार्यक्रमले अन्तराष्ट्रिय बालदिवसको अवसरमा मंसिर चार गते जिल्ला बाल सम्मेलन गर्ने बाल सञ्जाल गुल्मीका अध्यक्ष विकास तामाङले बताए ।

कार्यक्रमले सडक बालबालिकालाई प्राथमिकतामा राख्दै जिल्लामा बाल सुधार गृह स्थापनाको लागि प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समिति समक्ष अनुरोध पत्र बुझाउने निर्णय गरेको मानवअधिकारकर्मी गणेश श्रेष्ठको भनाई छ।

बालअधिकारकर्मी कल्पना पाण्डेयले बालबालिकाको न्युन उपस्थिति देखिएको भन्दै बालबालिकाको पूर्ण सहभागिता बिना आफूहरुबीचको छलफलले मात्रै बालबालिका अधिकारसम्पन्न नहुने दाबी गरिन्् ।

कार्यक्रममा बोल्दै न्यायाधिवक्ता घिमिरेले जसले बालबालिका बेवारिसे छोड्छ उसलाई सरकारी सेवाबाट मुक्त गरिने प्रष्ट पारे ।

कार्यक्रममा जिल्ला बाल संजाल गुल्मीका प्रमुख तथा प्रतिनिधि, जिल्ला न्यायाधिवक्ता घिमिरे, मानवअधिकारकर्मी श्रेष्ठ, बाल कल्याण समिति गुल्मीका पुर्व सदस्य विश्वकर्मा, पत्रकार सन्तोष महतारा लगायत बालअधिकारकर्मी को उपस्थिति रहेको थियो ।