तराई-काठमाडौं विद्यार्थी परिषद् गठन

तराई-काठमाडौं विद्यार्थी परिषद् गठन


तराईबाट आएर काठमाडौंमा अध्ययन गरिरहेका विद्यार्थीहरु संगठीत भएका छन् । काठमाडौंमा शनिबार भएको एक भेलाले तराई–काठमाडौ विद्यार्थी परिषद् गठन गरेको हो । भेलाले पर्सा जिल्लाका रुपक पटेलको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति चयन गरेको छ ।

काठमाडौंमा रहेका तराईका विद्यार्थीहरुको सेवाको लागि परिषद गठन गरिएको नवगठित समितिका अध्यक्षले जानकारी दिए । ‘तराईका जिल्लाबाट काठमाडौं आएर पढ्ने विद्यार्थीहरु उल्लेख्य छन्,’ उनले भने– ‘उनीहरुकै हितमा काम गर्नका लागि परिषद गठन भएको हो ।’ विद्यार्थीहरुको यो समुह आवश्यकता परेको खण्डमा अन्य सामाजिक कार्यमा पनि सकृय हुने अध्यक्ष पटेलको भनाई छ ।

परिषदका संरक्षक तथा सल्लाहकार सुदिपचन्द्र बख्रेलले बिद्यार्थीले आफ्नो उर्जा समाज परिवर्तनका लागि खर्च गर्नुपर्ने बताए । बिद्यार्थी भनेकै समाजका खम्बा हुन्, विद्यार्थीहरू यसरी संगठित हुँदा समाज बलियो हुन्छ भन्दै उनले परिषदले आगामी दिन समाजका लागि उल्लेखनीय योगदान दिने आशा व्यक्त गरे ।
यसैगरी परिषदका अर्का सल्लाहकार तथा संरक्षक सुरज खनालले तराईका विद्यार्थीहरू संगठीत हुनुलाई सकरात्मक कार्यको थालनीको रुपमा व्याख्या गरे । ‘घरबाट टाढा आएर अध्ययन गरिरहेका विद्यार्थीहरूका विविध समस्या हुन्छन्, यसरी संगठीत भएर अघि बढ्दा बिद्यार्थीहरू आफै हरेक किसिमका समस्याको सामना गर्न सक्षम हुन्छन्,’ उनले भने ।

परिषदले स्वच्छ नेपाल अभियानको थालनी पनि गर्ने भएको छ । काठमाडौबाट शुरु हुने यो अभियानलाई तराईका जिल्ला हुँदै देशव्यापी बनाउने लक्ष्यसहित योजना निर्माण भएको अध्यक्ष पटेलले जानकारी दिए ।

समितिको उपाध्यक्षमा ओम जी गुप्ता, सचिवमा रेयान यादव, सहसचिवमा निकी पटेल, कोषाध्यक्षमा दिव्या ठाकुरल, सह कोषाध्यक्षमा रौनक सिंह, सदस्यहरुमा उदिप गुप्ता, रामशंकर साह, अमन गुप्ता, आरोहि साह, सोहेव अंसारी, जौवाद हुसैन अंसारी उमेशप्रसाद गुप्ता रहेका छन् ।