पोखराको पालिखेचोकमा एक युवकको हत्या

पोखराको पालिखेचोकमा एक युवकको हत्या


गएराति पोखरा महानगरपालिका– ३ को पालिखेचोकमा एक युवकको हत्या भएको प्रहरीले जनाएको छ ।

थर र ठेगाना नखुलेका राजकुमार नाम गरेका युवाको हत्या भएको हो । घटना पालिखेचोकदेखि सय मिटर माथि प्रतीभा मावि अगाडि भएको हो ।

प्रहरीका अनुसार युवकमाथि धारलो हतियार प्रयोग भएको छ । उनकोे टाउको र खुट्टामा गम्भीर चोट रहेको छ । युवकलाई मृत अवस्थामा भेटेपछि स्थाीयले आज बिहान प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार, उनी प्रयोगविहीन सामानहरु संकलनको काम गर्दै आइरहेका थिए ।