घ्याल्सुम्दो सेवा संस्था अमेरिका टोल सरसफाई अभियानमा

घ्याल्सुम्दो सेवा संस्था अमेरिका टोल सरसफाई अभियानमा


अमेरिकास्थित घ्याल्सुम्दो सेवा संस्था अमेरिका टोल सरसफाई अभियानमा जुटेको छ । आफ्नो टोल आफैं सफा गरौं भन्दै उक्त संस्था सरसफाई अभियानमा लागेको हो ।

युनाईटेड शेर्पा एसोसियसन युएसए र सिटी काउन्सिल ज्याक्सन हाईटद्वारा संयुक्त रूपमा आव्हान गरेको आफ्नो टोल सरसफाई अभियानमा घ्याल्सुम्दो सेवा संस्था अमेरिका पनि सहभागि भएको हो । महान कार्यमा सहभागि हुन पाएको भन्दै घ्याल्सुम्दो सेवा संस्थाका अध्यक्ष छिरिङ राप्के लामाले आयोजकलाई धन्यवाद ज्ञापन गरेका छन् ।