ठोक्काएर ज्यान लिने चालक सवारीसाधनसहित फरार

ठोक्काएर ज्यान लिने चालक सवारीसाधनसहित फरार


सुकेधारामा सवारीसाधनको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारीसाधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौं मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो ।

सवारीसाधनको ठक्करबाट गम्भीर घाइते मैनालीको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए । दुर्घटना गराउने सवारीसाधनसहित चालक फरार रहेकाले खोजी भइरहेको महाशाखाले जनाएको छ ।