बेपत्ता खान जलेको अवस्थामा मृत फेला

बेपत्ता खान जलेको अवस्थामा मृत फेला


चार दिनदेखि बेपत्ता भएका सुनसरीस्थित इटहरी उपमहानगरपालिका–११ का १६ वर्षीय इन्ताज खानको शव आज बिहान फेला परेको छ ।

सुनसरी खनारस्थित बूढीखोला किनारको धान खेतमा शरीरको आधा भाग डढेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शुक्रबारदेखि बेपत्ता भएका इन्ताजको परिवारले शनिबार साँझ प्रहरीलाई जानकारी गराएपछि उनको खोजीकार्य शुरु गरिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।