स्थानीयद्वारा औरही नगरपालिकामा तालाबन्दी

स्थानीयद्वारा औरही नगरपालिकामा तालाबन्दी


महोत्तरीको औरही नगरपालिका कार्यालयमा आज स्थानीयले तालाबन्दी गरेका छन् ।

आर्थिक वर्ष ०७५–७६ का लागि पारित बजेटको सम्बन्धमा असन्तुष्टि जनाउँदै स्थानीयवासी दरेश यादवको नेतृत्वमा गएको एक समूहले कार्यालयको मूलढोकामा तालाबन्दी गरेको हो ।

यसअघि १५बुँदे मागसहितको ज्ञापनपत्र नगरपालिकाको कार्यालयमा बुझाइए पनि यस विषयमा कुनै छलफल वा समस्या समाधानतर्फ ध्यान नदिएका कारण बाध्य भएर आफूहरूले तालाबन्दी गरेको दरेश यादवले बताए ।

नगरप्रमुख सुनील यादवले आफूले बोलाएको वार्तामा आन्दोलनकारी नबसेको आरोप लगाउँदै वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।