नुहाउन गएका युवक खोलामै बेपत्ता

नुहाउन गएका युवक खोलामै बेपत्ता


सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– १ को ब्रह्मायणी नदीमा एक युवक बेपत्ता भएका छन् ।

सोमबार नवलपरासीबाट ढाडे भन्ने स्थानका लागि सिमेन्ट लिई आएको ना.५ख ८५०३ नम्बरको ट्रकका सहचालक १९ वर्षीय सूर्य रानालाई नुहाउन जाँदा खोलाले बगाएको हो । निजको खोजी भइरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका युवक नवलपरासीको गैंंडाकोट नगरपालिका निवासी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।