राष्ट्रिय सभागृहमा गान्धीको जीवन–वृत्त

राष्ट्रिय सभागृहमा गान्धीको जीवन–वृत्त


अहिंसाका पुजारी महात्मा गान्धीको १५०औँ जन्मजयन्तिको अवसरमा आज राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरियो । भारतीय दुतावासको तत्वावधानमा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहको प्राङ्गणमा गान्धीको जीवनीमा आधारित एलइडी प्रोजेक्सनसहित मनाइएको उक्त कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रीको भूमिकामा रहेका उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल र नेपालका लागि भारतका राजदूत मन्जीवसिंह पुरीको विशेष उपस्थिति रहेको थियो भने नेपालका राजनीतिकर्मीहरू, शिक्षाविद, बुद्धिजीवीलगायत समाजका अन्य क्षेत्रका विभिन्न व्यक्ति–व्यक्तित्वहरू पनि सो अवसरमा उपस्थित थिए ।

ज्ञातव्य छ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत जेठमा भएको नेपाल आगमनका बेला काठमाडौं महानगरपालिकाको तर्फबाट राष्ट्रिय सभागृहमै अभिनन्दन गरिएको थियो ।