अस्पताल मासेर सपिङ मल !

अस्पताल मासेर सपिङ मल !


राज्यको सम्पत्तिमा चरम ब्रह्मलुटको क्रम चलिरहँदा चितवनमा अर्को खतरनाक योजना बन्दै गरेको समाचार घटना र विचारलाई प्राप्त भएको छ । भरतपुरबाट प्राप्त जानकारीअनुसार त्यहाँ स्थिति बीपी कोइराला क्यान्सर अस्पतालको ६ बिघा जमिनमा सपिङमल बनाउनेबारे नगरप्रमुख रेणु दाहालले भित्रभित्रै सक्रियता दर्शाएकी छिन् ।

९९ वर्षका लागि ‘कुनै कम्पनी’लाई क्यान्सर अस्पतालको ६ बिघा जग्गा उपलब्ध गराउने र उक्त जग्गामा एक भव्य सपिङ मल बनाउने योजनालाई कार्यान्वयन गर्न विभिन्न व्यक्तिहरू सक्रिय भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका नेताहरूले साथ दिएमा आगामी दुई वर्षभित्रै अस्पतालको जमिनमा भव्य सपिङमल बन्ने निश्चित मानिन्छ ।

खास व्यापारीहरूसँग कुराकानी गरेर प्रचण्डले सपिङमल बनाउने अभियानमा उत्साह थपेका छन् । तर, सपिङमलमा प्रचण्डको कति लगानी अर्थात् सेयर रहने हो र मीनबहादुर गुरुङको नामसमेत यसमा सामेल गरिने हो या होइन, सो स्पष्ट हुन सकेको छैन । प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेसका नेताहरूले यस योजनामा सहयोग पुऱ्याउने विश्वास अहिलेसम्म गरिएको छैन । तर, प्रचण्डका ‘बाबुछोरी’ भने अस्पतालको जग्गामा सपिङमल बनाइछोड्ने दृढविश्वासमा रहेका छन् ।