सहारा नेपालका क्यान्सरपीडित सेयर सदस्यलाई संस्थाको २५ लाख उपचार सहयोग

सहारा नेपालका क्यान्सरपीडित सेयर सदस्यलाई संस्थाको २५ लाख उपचार सहयोग


बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगबाट पीडित सातजनालाई रु. २५ लाख सहयोग प्रदान गरेको छ । उपचाररत सेयर सदस्यलाई ‘जीवन वरदान कार्यक्रम’अन्तर्गत रकम दिइएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिए ।

सचिव गिरीका अनुसार गिजाको क्यान्सर उपचार गराइरहेका शिवसताक्षीका कर्णबहादुर विकले रु. दुई लाख ५० हजार, आन्द्रा क्यान्सरपीडित बिर्तामोड–५ की रीमा लिङ्देनले रु. पाँच लाख, टाउकोको क्यान्सरपीडित बाह्रदशी–५ की केन्द्रमाया कार्कीले रु. दुई लाख र घाँटीको क्यान्सरबाट पीडित बिर्तामोड–५ का टीका पकुवालले रु. पाँच लाख उपचार सहयोग पाएका छन् ।

राजीव गान्धी क्यान्सर अस्पताल दिल्लीमा आन्द्राको क्यान्सरको उपचार गराइरहेका कन्काई–३ का भानुभक्त कटुवाललाई रु. चार लाख, आन्द्राकै क्यान्सरको उपचार गराइरहेका अर्जुनधारा–५ का दाताराम भण्डारीलाई रु. पाँच लाख र एमएनसी स्पेसलिटी अस्पताल दुबईमा स्तन क्यान्सर उपचार गराइरहेकी बिर्तामोड–२ की सावित्रा कँडेललाई रु. दुई लाख उपचार सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।

सहारा नेपाल सहकारीले आफ्ना सेयर सदस्यलाई क्यान्सर, मिर्गौला, मुटुरोग, अल्जाइमर्सलगायतका रोग लागेमा ‘जीवन वरदान कार्यक्रम’अन्तर्गत अस्पतालको रसिदको आधारमा उपचार सहयोग पु¥याउँदै आएको छ ।