पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति

पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति


कैलालीको अत्तरिया बजारमा बिक्री–वितरण गर्न ल्याइएका कान्तिपुर दैनिक, काठमाडौं पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले आज बिहान आगो लगाएर नष्ट गरेको छ ।

नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जिपमा रहेका पत्रिका निकालेर चार–पाँचजनाको समूहले आगो लगाई नष्ट गरेको जनाइएको छ ।

नेपाल पत्रकार महासंघ कैलालीले पत्रपत्रिकामा आगजनी गरिएको घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्नको खोजी गरी कडा कारबाही गर्न माग गरेको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा आमनागरिकलाई सुसूचित हुने अधिकारबाट वञ्चित हुने गरी पत्रिका जलाइएको यो घटना प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको जनाएको छ ।