भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठ पर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले राजधानीमा एक कार्यक्रमको आयोजना गरी जनाएअनुसार नेपालीपन झल्कने गरी सो कार्यक्रम प्रसारण गर्न लागिएकोे हो ।
कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले सो कार्यक्रम नायक राजेश हमालले सञ्चालन गर्ने जानकारी दिए । कार्यक्रमको ६ भागका लागि दर्ता प्रक्रिया पूूरा भएर छनोट चरणमा पुगेको उनले बताए ।
सो अवसरमा नेपाली चलचित्रका नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याए । एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन् ।
प्रतिक्रिया