आज (७ असार)देखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु भरतपुर पुगेका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र बाबुराम भट्टराई कार्यक्रमस्थलमा पुगेका छन् ।
यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका छन् भने अन्य नेताहरु पनि पुग्ने क्रममा रहेको जनाइएको छ ।
रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र साह यसअघि नै महाधिवेशन स्थल पुगिसकेका छन् ।
photo: rss
प्रतिक्रिया