कांग्रेस केन्द्रीय समिति बैठक : आजै दुईपटक मिति परिवर्तन

कांग्रेस केन्द्रीय समिति बैठक : आजै दुईपटक मिति परिवर्तन


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २२ गतेका लागि बोलाइएको बैठक एक दिनअघि अर्थात् असोज २१ गतेका लागि सारिएको छ ।

शुरुमा असोज १९ गते (आज)का लागि निर्धारण गरिएको बैठक पार्टीका धेरै केन्द्रीय नेता उपत्यकाबाहिर रहेकाले असोज २२ गतेका लागि सारिएको थियो । पछि नेता उपलब्ध हुने देखिएपछि असोज २१ गतेका लागि बैठक तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, नेपाल विद्यार्थी संघको विधान पारित, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।