मधेशलाई अलग राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा. सिके राउत आज गौरबाट पक्राउ परेका छन् ।
स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा. राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किंदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियोे ।
राज्यविरुद्ध अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिएका छन् ।
अदालतमा डा. राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए । राउतलाई राज्यविरूद्घको अपराधमा मुद्दा चलाइने बताइएको छ ।
प्रतिक्रिया