प्रशन्नाको सांगीतिक कोशेली सार्वजनिक

प्रशन्नाको सांगीतिक कोशेली सार्वजनिक


उदीयमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् । नेपाली गजल गायनमा स्थापित वरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा दशैँको पूर्वसन्ध्यामा उनी प्रस्तुत भएकी हुन् ।

आधुनिक, पप र ट्राभल गरी दर्जनौँ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्शक श्रोताको मनमा बस्न सफल छिन् । हालै नेशनल क्यापिटल अवार्डबाट समेत सम्मानित भएकी उनले दशैँको अवसरमा ‘फूलमा देख्छु तिमी नै, जुनमा देख्छु तिमी नै’ बोलको गीत कोशेली ल्याएकी हुन् ।

गोविन्दप्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने विकाश वाइवाले गरेका छन् । म्युजिक भिडियोमा नयाँ मोडेल कुमार रेग्मीलाई अभिनयमा चर्चित मोडेल रिमा बिश्वकर्माले साथ दिएकी छिन् । भिडियोको निर्देशन युवा निर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन विकाश धमलाले गरेका छन् ।