एमाले बैठक : निर्णय एक व्याख्या अनेक

एमाले बैठक : निर्णय एक व्याख्या अनेक


नेकपा एमालेले राष्ट्रिय सहमतिको निम्ति आफू बाधक नबन्ने, राष्ट्रिय सहमतिका लागि अधिकतम् प्रयास गर्ने, सहमतिको सरकार बनाउन मार्ग प्रशस्त गर्ने भनी स्पष्ट निर्णय गरेको भए पनि प्रधानमन्त्री झलनाथ खनाल र उहाँका समर्थकहरूले पार्टी निरर््ण्ायलाई आफूअनुकूल व्याख्या गरेका छन् । मंगलबार पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले उक्त आसयको निर्णय गर्‍यो । तर, खनाल र उहाँका समर्थकहरूले त्यस्तो निर्णय नभएको बताएका छन् । बैठकको निर्णयबारे जानकारी गराउँदै खनालनिकट युवानेता योगेश भट्टर्राईले भन्नुभयो, ‘बैठकले राष्ट्रिय सहमतिको ठोस आधार तय नभएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने भन्ने स्पष्ट निर्णय भएको छ, यसको अर्थ यही सरकार राष्ट्रिय सहमतिको किन बन्न सक्दैन, त्यसको उचित कारण खुलाएर अरू कसैको नेतृत्वमा राष्ट्रिय सहमति भए मात्र प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्ने भन्ने हो ।’
भट्टर्राईका अनुसार बैठकमा तत्काल प्रधानमन्त्री खनालले राजीनामा दिन नहुने पक्षमा बहुमत रहँदा-रहँदै पनि राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न सकिने भन्ने निर्णय भएको हो । उहाँले थप्नुभयो, ‘प्रधानमन्त्रीले राजीनामा नदिए पनि संविधानसभाको म्याद थप गर्ने विषयमा सहमति कायम गर्न सकिने थुप्रै आधार रहेकाले पार्टीले त्यस कार्यमा सक्रियताका साथ लाग्नुपर्नेमा पनि नेताहरू सहमत भएका छन् ।’
अर्का नेता भानुभक्त ढकालले भने प्रधानमन्त्री खनालले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म राष्ट्रिय सहमति बन्न नसक्ने भएकोले राजीनामाको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्ने भनेको नै प्रधानमन्त्रीले राजीनामा दिने भनिएको हो, पोलिटब्युरो बैठकले त्यही निर्णय गरेको थियो त्यसलर्ँइ सामान्य संशोधन गरी केन्द्रीय समितिले पारित मात्र गरेको हो ।’ पोलिटब्युरो बैठकले १४ जेठअघि नै माओवादी लडाकुलाई हतियारबाट अलग गर्राई विशेष समितिमार्फतत हतियार सरकारलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको थियो । ‘एमालेले प्रधानमन्त्री रोज्ने कि संविधानसभा भन्नेबारेमा केन्द्रीय कमिटीमा निकै लामो छलफल भयो, र निचोडमा प्रधानमन्त्री होइन संविधानसभा नै रोज्ने भन्ने निर्णयमा पुगेर बैठक स्थगित गरियो,’ ढकालले घटना र विचारसँग भन्नुभयो ।
बैठकमा प्रभावशाली नेता केपी ओलीले केन्द्रीय कमिटीले तत्काल पारित गर्नुपर्ने भन्दै विभिन्न नौबुँदे प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा सहभागी नेताका अनुसार ओलीले प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सातबुँदे सम्झौता पूर्णरूपमा खारेज हुनुपर्ने, गृह मन्त्रालय माओवादीलाई जिम्मा लगाएकोमा त्यो मन्त्रालय एमालेमै फिर्ता ल्याउन बैठकले प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने, सरकारले संविधानसभाको म्याद थप गर्ने प्रस्ताव गर्दा पार्टीलाई उपेक्षा गरेकोमा प्रधानमन्त्रीको आलोचना गरिनुपर्ने, राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, ल्हारक्याल प्रकरणको छानबिन गर्न एक अधिकारसम्पन्न समिति बनाउनुपर्नेलगायतका प्रस्ताव पेस गर्नुभएको छ । ओलीले यसरी विभिन्न प्रस्ताव पेस गर्नुभए पनि त्यसबारेमा मंगलबार छलफल नभएको ती सदस्यले घटना र विचारलाई जानकारी गराउनुभयो ।
त्यसैगरी बैठकले संविधानसभाको म्याद बढीमा ६ महिनाका लागि थप गर्ने प्रस्ताव गर्ने निर्णय गरेको छ । तर, त्यसअघि सहमतिको सरकार बनाउन मार्ग प्रशस्त गर्नुपर्ने निर्णय एमालेले गरेको छ । सरकारले यसअघि संविधानसभा सचिवालयमा एक वर्षका लागि संविधानसभाको म्याद थप गर्ने प्रस्ताव दर्ता गराएको थियो । बैठकले सरकारबाट संविधानसभा सचिवालयमा हचुवाको भरमा म्याद थपसम्बन्धी प्रस्ताव पेस गरेको निष्कर्षसमेत निकालेको छ । बैठकले सङ्घीयता, शासकीय स्वरूप र निर्वाचन प्रणालीका बारेमा भने पछि छलफल गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य ढकालले जानकारी दिनुभयो ।

नेपाल प्रहरीलाई पकडमा लिन, सुटुक्क एआईजीपी थप्ने तयारी
देशको राजनीतिमा गम्भीर तनाव र विवाद सिर्जना भएको मौका छोपेर झलनाथ-प्रचण्डको गठबन्धन सुरक्षा निकायमा आफ्नो पकड मजबुत बनाउने उपायको खोजीमा लागेको छ । यसक्रममा प्रतिकूल ठानिएका पाँच अतिरिक्त प्रहरी महानिरीक्षकलाई राजधानीबाट बाहिर खेद्ने निर्णय सरकारले गरिसकेको छ भने अब भविष्यको प्रहरी प्रमुख आफ्नै मान्छेलाई बनाउने योजनासमेत उनीहरूले बनाएका छन् । प्रहरी सङ्गठनभित्र अहिलेकै स्वाभाविक अवस्था कायम रहेमा वर्तमान प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीको कार्यकाल सकिएपछि हाल नायव प्रहरी महानिरीक्षक रहनुभएका कुवेर राना अल्पअवधिका लागि प्रहरी प्रमुख बन्नुहुनेछ । त्यसपछि नायव महानिरीक्षकहरू उपेन्द्रकान्त अर्याल, विज्ञानराज शर्मा, सुरेन्द्रबहादुर शाहलगायतमध्येबाट कसैको उक्त पदमा चयन हुनसक्ने अवस्था छ । तर, झलनाथ र कृष्णबहादुर महराले रानालगायतका उच्चाधिकारीहरूलाई बाटो छेक्न नयाँ चालबाजी गरेका छन् । प्रहरी प्रधान कार्यालयमा अतिरिक्त प्रहरी महानिरीक्षकको सङ्ख्या बढी भयो र तिनको खासै काम पनि नभएको भन्दै ‘काम दिन’ पाँच विकास क्षेत्रमा काजमा खटाउने निर्णय सरकारले गरेलगत्तै प्रहरी प्रवक्ता नवराज ढकाललाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसरी प्रक्रिया अघि बढाउन सम्बन्धित विभागले प्रस्ताव तयार गरी गृह मन्त्रालयमा पेस गरिएको छ । अब मन्त्रीले कुनै पनि बेला मन्त्रिमण्डलको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस गर्न सक्नेछन् । सङ्गठनमा कार्यक्षमताका दृष्टिले योग्य मानिएका ढकाललाई वामदेव गौतम र गृहमन्त्री महराले आफ्नो मान्छेका रूपमा बुझेका छन् ।
यसअघि एमाले महाधिवेशन -बुटवल) भन्दा ठीक अगाडि ढकाललाई पश्चिमाञ्चल प्रहरी प्रमुख बनाइएको थियो भने महाधिवेशनमा राम्रो काम गरेर योगदान पुर्‍याएको भन्दै तात्कालिक गृहमन्त्री वामदेव गौतमले ढकाललाई पश्चिमाञ्चलबाट सरुवा गरी अनेकौँ दृष्टिले महत्त्वपूर्ण मानिने मध्यमाञ्चल -हेटौंडा) प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए । अहिले ढकाललाई भविष्यमा प्रहरी प्रमुख बनाउने अग्रसरता पनि तिनै वामदेव गौतमले लिएको बुझिएको छ । गौतमले ढकालका बारेमा प्रचण्डलाई समेत कुरा गरेको र गृहमन्त्री महरालाई पूर्ण रूपले कन्भिन्स गर्ने जिम्मेवारी गृह मन्त्रालयका नवनियुक्त प्रवक्ता सुधीर शाहलाई दिएको जानकारीमा आएको छ । शाहले ढकाल अत्यन्त योग्य, सक्षम र इमानदार मात्र नभई माओवादीप्रति सद्भाव राख्ने प्रहरी अधिकृतका रूपमा महरासमक्ष चित्रण गरेको गृह मन्त्रालय सूत्रले जनाएको छ । सुधीरले माओवादी नेता जनार्दन शर्मा प्रभाकरसँग पनि ढकालका बारेमा कुराकानी गरेको र शर्माले पार्टीलाई कन्भिन्स गर्ने वचन दिएको पनि समाचार सूत्रको दाबी छ ।
ढकाललाई अहिले एआईजीपी नियुक्त गरेको अवस्थामा चन्दपछिका सबभन्दा वरिष्ठ प्रहरी अधिकृत ढकाल नै हुनेछन् । किनभने यसबीचमा हालका एआईजीहरूले तीसवर्षे सेवाअवधि पूरा भई अवकाश प्राप्त गरिसक्ने छन् । हालका डीआईजीहरूमध्ये वरिष्ठ कुवेर राना प्रहरी प्रमुख हुने अवस्था विद्यमान रहेकोले उनलाई प्रमुख बन्न नदिन वामदेव गौतमले यसप्रकारको चालबाजी रचेको बताइएको छ । ज्ञातव्य छ, कुवेर राना इमानदार प्रहरी अधिकृतको कोटिमा पर्दछन् । वामदेवका दृष्टिमा इमानदारी नै अयोग्यता हुने भएकोले पनि रानाविरुद्ध कपट रचिएको हुनसक्ने ठानिएको छ ।
सुडान काण्डलाई दबाउन पनि वामदेव गौतम सक्रियतापूर्वक लागिपर्नुभएको बताइन्छ । कदाचित अख्तियारले गौतमको कुरा सुनेन र कारबाही प्रक्रिया अघि बढायो भने पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा र हेमबहादुर गुरुङदेखि वर्तमान प्रमुख चन्दसम्मका विरुद्ध मुद्दा चल्न सक्ने सम्भावना छ । कदाचित अख्तियारले आईजीपी चन्दका विरुद्ध मुद्दा दायर गरेमा चन्द स्वत: निलम्बनमा पर्ने बताइन्छ । त्यस्तो अवस्थामा रवीन्द्रप्रताप शाहले केही काल आईजीपी बन्ने मौका पाएछन् भने पनि त्यसपछि स्वत: नवराज ढकाल प्रहरी प्रमुख बन्ने अवस्था हुनेछ । ढकाल सधैं आफ्नो सेवक बनिरहने विश्वास एमाले उपाध्यक्ष वामदेव गौतमले गरेका छन्, यो ढकाल स्वयम्का निम्ति पनि कति लाभप्रद हुनसक्ला प्रतीक्षाको विषय बनेको छ ।
– शेखर बस्नेत तीर्थ

सभाको घेराउ तीस हजारले गर्ने
राप्रपा नेपालले ताजा जनादेशको माग गर्दै संविधानसभा घेराउ कार्यक्रमको आयोजना गरेको छ । ११ गते बुधबार बिहान ११ बजे बबरमहलमा जम्मा भएर जुलुस पर््रदर्शन गर्दै संविधानसभा घेराउ गरिने राप्रपा नेपालले जनाएको छ । पर््रदर्शनी र घेराउमा ३० हजारभन्दा बढी सहभागी हुने बताइएको छ । संविधान निर्माणका लागि जनताले दिएको म्यान्डेट समाप्त भइसकेकोले संविधानसभाको म्याद नथप्न र ताजा जनादेशमा जानका लागि अब सबै देशभक्त नेपालीको एकै आवाज हुनुपर्ने भएकोले कार्यक्रममा सहभागी हुन सम्पूर्ण उपत्यकावासीलाई अनुरोध पनि गरिएको छ ।
संविधानसभा घेराउ कार्यक्रम आगामी जेठ १४ गतेसम्म नियमित रूपमा जारी रहने बताइएको छ । विभिन्न सङ्घसंस्था र स्वतन्त्र नागरिकले अब संविधानसभाको भार जनताले बोक्नुभन्दा चुनावमै जानका लागि आग्रह गर्दै प्लेकार्डसहित आफ्नो उपस्थिति रहने जनाएका छन् । संविधान निर्माणका लागि गठन भएको संविधानसभा सरकार निर्माण र दलहरू एक-अर्काबीचको खिचातानीमै सीमित रहेका र सभासद्हरू बद्नाम बनेकोले मुलुकलाई सही दिशा दिनका लागि ताजा जनादेशको माग गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।

फेरि कुटिए बाबुरामका मान्छे
एकीकृत माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईसमर्थक अर्का एक मजदुरले प्रचण्डसमर्थक मजदुर नेताबाट कुटाइ खाएपछि माओवादीभित्र अर्को तनाव सुरु भएको छ । सोमबार साँझ ड्युटीमा रहेका होटल अन्नपूर्णमा कार्यरत बाबुरामनिकट मजदुर अर्जुन धमलालाई आइतबार मात्र प्रहरी हिरासतबाट मुक्त भएर सोमबार दिउँसो काममा अँएका सोही होटलमा कार्यरत मजदुर नेता कल्पदीप र्राईले मरणासन्न हुनेगरी कुटेपछि मजदुरभित्रको विवाद समाधान हुनुको साटो झन् बल्भिmएको हो ।
होटलमा कार्यरत कर्मचारीका अनुसार नियमित दिउँसो कार्यालय आएका र्राईले आक्रोशित हुँदै ‘मलाई थुन्न लगाउनेे तँ होइनस्, तेरो नेता बाबुरामले मलाई के गर्न सक्छ, तँलाई होइन उस्तै परे तेरो नेता भट्टर्राईलाई पनि सिध्याउन सकिन्छ, तैंले के सोचेको छस्’ भन्दै ड्युटीमा रहेका धमलामाथि जाइलागेका थिए । एकाएक धमलालाई कुट्न थालेपछि होटलमा काम गर्ने अन्य मजदुरले छुट्याएका थिए । त्यसक्रममा अन्य तीन मजदुर पनि सामान्य घाइते भएका छन् । र्राईले एक हप्ताअघि मात्र बाबुरामनिकट मजदुर नेता ज्ञानुमान डङ्गोललाई आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । र्राईलाई सोही अभियोमा प्रहरीले हिरासतमा लिएर आगामी दिनमा त्यसखाले हिंसात्मक कार्य नगर्ने लिखित प्रतिबद्धता गराएर तारेखमा छाडेको थियो ।
यसैबीच उक्त घटनालाई लिएर बाबुरामनिकट केन्द्रीय सदस्य कुमार पौडेल तथा मजदुर नेता लालध्वज नेम्वाङको अगुवाइमा सोमबार राति नै घटनामा संलग्न र्राईलाई कडा कारबाहीको माग गर्दै नयाँबजारस्थित प्रचण्डनिवास घेर्न पुगेका थिए । विभिन्न होटल तथा प्रतिष्ठानमा कार्यरत दुई सयभन्दा बढी मजदुर प्रचण्डनिवास पुगेको थिए । उनीहरूले अपराधीलाई संरक्षण दिन बन्द गर, पार्टी अपराधीको आश्रयस्थल बन्नबाट रोक, फरक विचारलाई सम्मान गर भन्नेजस्ता नारासमेत लगाएका थिए । अध्यक्ष प्रचण्डलाई नभेटी नर्फकने र दोषीलाई कारबाही हुनुपर्ने माग राखी नयाँबजार पुग्ने मजदुर र मजदुर नेतालाई प्रचण्डले भेट नै दिनुभएन । ‘हामी अपराधीलाई कारबाही गर्नुपर्ने माग लिएर अध्यक्षसँग भेट गर्न गएका थियौँ तर, उहाँले भेट दिनुभएन । उहाँको निजी सचिवालयका कर्मचारीले अध्यक्ष कमरेडले अहिले भेट गर्न नसक्ने र भोलि मंगलबार मजदुर विभागका संयोजक पोष्टबहादुर बोगटीसमेतको सहभागितामा मजदुरका सबै विवाद मिलाउने भन्नुभएको छ भन्ने जानकारी गराइएपछि हामी त्यत्तिकै फर्कियौँ,’ नेता नेम्वाङले मंगलबार दिउँसो भन्नुभयो, ‘हामीलाई त्यससम्बन्धी अहिलेसम्म केही खबर आएको छैन ।’ प्रचण्डको निजी सचिवालयका एक अधिकारीका अनुसार सोमबार राति १० बजिसकेको र अध्यक्ष कमरेड सुत्ने तयारीमा रहेको अवस्था भएकोले मजदुर नेताहरूसँग भेट गर्न नसक्नुभएको हो । ती अधिकारीले भने, ‘जतिखेर मन लाग्छ त्यतिखेर भेट गर्न खोज्दा कसरी सम्भव हुन्छ र -‘

तीन सय त्रिहत्तरभन्दा तल
मधेसी जनअधिकार फोरम नेपाल सोमबार विभाजित भएपछि प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्रीको कर्ुर्सर्ीीुमाउनुपर्ने स्पष्ट सङ्केत देखिएको छ । केही साना दलको समर्थन पाउने झिनो आशामा काङ्ग्रेसलगायत विपक्षी दलहरूले असहयोग गरे पनि सजिलै दुईतिहाई बहुमत पुर्‍याई संविधानसभाको म्याद थप्ने खनालको योजना थियो । खनालले आफूनिकट नेताहरूलाई संविधानसभाको म्याद थपिनेमा विश्वस्त रहेको जानकारी गराउनुभएको थियो ।
तर, पार्टीभित्रैबाट राजीनामा मागिनु र संविधानसभाको म्याद थप गर्न पाँच दिन मात्र बाँकी रहँदा फोरमका सहअध्यक्षसमेत रहनुभएका जेपी गुप्ताले पार्टी विभाजन गरी आफ्नो नेतृत्वमा बहुमत सभासद्हरू सहभागी मधेसी जनअधिकार फोरम गणतान्त्रिक नामक नयाँ पार्टी गठन गरेपछि खनालको दुईतिहाई पुर्‍याउने योजना तुषारापात भएको छ ।
‘फोरम विभाजनपछि संविधानसभाको म्याद थप गर्न प्रधानमन्त्री खनालका लागि राजीनामा दिनुको विकल्प छैन,’ एमालेका एक केन्द्रीय नेताले घटना र विचारसँग भने । ती नेताले थपे, यदि खनालले राजीनामा नदिने हो भने, माओवादीले शिविरमा रहेका माओवादी लडाकु र हतियार तत्कालै सरकारलाई जिम्मा लगाउनुपर्छ । हतियार बुझाउने पक्षमा माओवादी छैन । माओवादीले हतियार नबुझाउने हो भने खनालको राजीनामा आवश्यक छ, नत्र मुलुक गम्भीर सङ्कटतिर धकेलिनेछ ।’ तर, खनालले दुई दिनअघिसम्म दुईतिहाई मतका आधारमा संविधानसभाको म्याद थप गर्न साना दलहरूसँगको छलफललाई तीव््रता दिँदै आउनुभएको थियो । म्याद थपका लागि सरकारलाई तत्काल फोरम विभाजन नभएको भए दुईतिहाई बहुमत पुर्‍याउन जम्मा १२ मत मात्र खाँचो पर्ने थियो । त्यो मत साना दलबाट लिने सोचमा थिए उनीहरू । तर, फोरम विभाजनले नपुग मत १२ बाट बढेर २४ पुगेको छ ।
यतिबेला संविधानसभामा ५ सय ९५ सभासद् छन् । संविधानसभाको म्याद थप्नका लागि कुल सदस्यसङ्ख्याको दुईतिहाई बहुमत भनेको तीन सय ९८ मत हो । सत्तारुढ दलसँग एमाओवादीको एक सय ३६, एमाले एक सय सात, फोरम नेपाल १२, नेकपा संयुक्त पाँच, राष्ट्रिय जनमोर्चा चार, संयुक्त एकीकृत दुई, जनमुक्ति पार्टी दुई, जनता दल दुई, सद्भावना आनन्दीदेवी दुई, स्वतन्त्र सभासद् एक गरी तीन सय ७३ मत छ । त्यस्तै विपक्षमा नेपाली काङ्ग्रेस एक सय १४, फोरम लोकतान्त्रिक २७, फोरम गणतान्त्रिक १३, तमलोपा ठाकुर ११, तमलोपा यादव नौ, सद्भावना महत्तो नौ, राप्रपा आठ, राप्रपा नेपाल चार, राष्ट्रिय जनशक्ति पार्टी तीन तथा अन्य साना पार्टीका एक/एक सभासद् गरी एकतिहाईभन्दा बढी छन् । उनीहरूले प्रधानमन्त्री खनालले पदबाट राजीनामा दिए संविधानसभाको म्याद थप गर्न सकिने पनि आफ्ना मागमा समावेस गरेका छन् । त्यसो त म्याद थपका लागि खनालको राजीनामा खाँचो रहेको कुरालाई उहाँकै दल एमाले पनि घुमाउरो रूपमा समर्थन जनाइसकेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘शान्ति र संविधानका लागि पार्टी हरेक विकल्पमा जान सक्ने पोलिटब्युरो बैठकले निर्णय गरेको छ, त्यसलाई केन्द्रीय समितिले अनुमोदन गर्नेछ ।’

काङ्ग्रेस आफ्नै बाटोमा दृढ
नेपाली काङ्ग्रेसले लोकतन्त्र, शान्ति र संविधानका पक्षमा अडान लिएको देखेर सिङ्गै मुलुक चकित परेको छ । बितेका साढे पाँच वर्षदेखि माओवादी एजेण्डाको वरिपरि घुमिरहेको काङ्ग्रेसले यसपटक आफ्नै एजेण्डामा अडिँदा मुलुकको राजनीतिमा बेग्लै तरङ्ग पैदा गरेको छ । लोकजागरण अभियान अन्तर्गत जेठ ६ गते राजधानीमा आयोजना गरिएको सभामा काङ्ग्रेसले आफ्नो धारणा सुस्पष्ट गरेको छ । सभामा जनसाधारणको व्यापक सहभागिताले काङ्ग्रेस नेतृत्वलाई अत्यन्त उत्साही तुल्याएको छ । त्यसयता माओवादी अध्यक्ष प्रचण्ड र एमालेलगायतका दलहरूसँग भएका बैठकहरूमा पनि काङ्ग्रेसले आफ्ना अडान नछाड्ने सङ्केत दिएको छ । काङ्ग्रेसले यसरी अडान लिन थालेपछि देशको लोकतन्त्र पक्षधर कित्तामा आशा र उमङ्ग जनाएको छ । माओवादीले एकधु्रवीय राजनीतिक अवस्था सिर्जना गर्न प्रयास गरिरहेको यो समयमा काङ्ग्रेसका कारण प्रजातन्त्र पक्षधर कित्ता मजबुत हुने स्थिति बनेको छ । मधेशी जनअधिकार फोरम नेपालका नेता उपेन्द्र यादव अतिवादी गठबन्धनसँग लहस्सिएपछि लोकप्रिय नेता एवम् फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ता लोकतन्त्र पक्षधरहरूलाई साथ लिएर अलग्गै पार्टी गठन गर्न बाध्य हुनुभएको छ । उहाँको साथमा तेह्रभन्दा बढी सभासद्हरू रहने विश्वास गरिएको छ । बाउन्न सदस्य संख्या रहेको फोरमका अध्यक्ष उपेन्द्र यादवसँग अब जम्मा एक दर्जन सभासदमात्र बाँकी रहेका छन् । नेता गुप्ता अलग्गिनु पर्ने कारण लोकतन्त्रको रक्षाबाहेक अर्को कुनै मानिएको छैन । गुप्ताको निर्णयपछि प्रचण्ड र झलनाथको उत्साहमा गम्भीर धक्का पुर्‍याएको छ ।
यसरी लोकतन्त्र पक्षधरहरूमा उत्साह भर्न काङ्ग्रेसको पछिल्लो भूमिकाले योगदान पुर्‍याइरहेको भए पनि अन्तिम अवस्थासम्म काङ्ग्रेस अडानमा बस्छ भन्नेमा धेरैको विश्वास देखिँदैन । अन्तिम दिन काङ्ग्रेसले अडान छोड्ने र प्रचण्ड नै विजयी हुने उनीहरूको अनुमान छ । तर जो जसले जस्तो प्रकारको अनुमान गरेको भए पनि काङ्ग्रेस अब आफ्नै एजेण्डाअनुरुप अघि बढ्ने निश्चित भएको छ ।

टिट फर ट्याट
‘टिट फर ट्याट’को उखानलाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले चरितार्थ गर्नुहुने भएको छ । नेपालले उक्त उखान प्रधानमन्त्री झलनाथ खनाललाई राजीनामा दिन लगाएर चरितार्थ गर्नुहुने भएको एमालेका एक केन्द्रीय नेताले बताए । पार्टी कार्यालयमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा यस भनाइले निकै महत्त्व पाएको थियो । एमाले नेताका अनुसार पूर्वप्रधानमन्त्री नेपालले पदबाट दिनुपरेको राजीनामा र काङ्ग्रेस तथा मधेसकेन्द्रित दलहरूले संविधानसभाको म्याद थप गर्न प्रधानमन्त्री खनालको राजीनामा मागिएको विषयलाई लिएर यस्तो बताएका हुन् । ०६७ साल जेठ १४ गते राति तत्कालीन प्रधानमन्त्री नेपाललाई राजीनामा दिन बाध्य पारेर संविधानसभाको म्याद थप गरिएको स्मरण गर्दै खनाल नेतृत्वको सरकारले पनि त्यस्तै नियति भोग्नुपर्ने अवस्था आउने निश्चित भएको एमाले नेताहरूले बैठकमा भनेका थिए ।
‘संविधानसभाको म्याद थप गर्ने विषयलाई नै लिएर गत वर्ष नेपाल नेतृत्वको सरकारलाई गलहत्याउन पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री खनाल सफल हुनुभएको थियो । अहिले नेपाल-ओली पक्ष सफल हुने देखिन्छ,’ एमालेका एक मध्यमार्गी नेताले घटना र विचारसँग भने । ती नेताका अनुसार पार्टी कार्यालयमा मंगलबार बसेको केन्द्रीय समिति बैठकमा नेपालले ०६७ जेठमा संविधानसभाको म्याद थप्दाको प्रसङ्ग कोट्याउँदै गत वर्षको घटना सम्झनुस् अनि संविधानसभाको म्याद थप्न के गर्नुपर्छ त्यही गर्नुस् भनेका थिए । ‘१८ दलको समर्थनमा बनेको सरकारलाई राष्ट्रिय सहमति कायम गर्न नसकेको आरोपमा राजीनामा गर्न लगाइएको थियो,’ नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘संविधानसभाको म्याद थप गर्नुको विकल्प छैन, त्यसका लागि कतिसम्मको त्याग गर्नुपनर्ेर्ेेो गर्नुस् ।’ नेपालले अहिलेको सरकारको औचित्य नभएकोले पार्टीले यसलाई संरक्षण दिनुको अर्थ नरहेको पनि स्पष्ट पारेका थिए ।
बैठकमा अर्का नेता केपी ओलीले पनि सरकारको राजीनामालाई प्रमुखताका साथ उठाए । उनले पार्टी निर्णयविपरीत जाने जोकोहीलाई पनि कारबाही हुनुपर्नेमा जोड दिँदै पार्टी नेतृत्व सरकारबाट फिर्ता हुनुको विकल्प नभएको बताएका थिए । पछिल्लो समयमा सबैभन्दा बढी पार्टी अनुशासनको उल्लङ्घन अध्यक्षबाट भएकोले उनलाई पार्टीले छुट दिन नसक्ने जिकिर गरेका थिए । ओलीले भने, ‘एमाले अध्यक्ष माओवादीको नीतिमा चल्ने हो भने त्यस्ता व्यक्तिलाई एमालेले कसरी विश्वास गर्न सक्छ -‘ ‘राष्ट्रिय सहमति कायम गर्न नसकेको आरोपमा तपाईंले वरिष्ठ नेता नेपाल नेतृत्वको सरकार ढाल्नुभएको थियो, अहिले तपाईंको नेतृत्वमा बनेको सरकारले पनि त्यो काम पूरा गर्न सकिरहेको छैन, उल्टै माओवादीको नीतिमा चलिरहनुभएको छ, त्यसैले तपाईं प्रधानमन्त्रीको कर्ुर्सर्ीी बसिरहनुको औचित्य सकियो,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले बतायो । स्रोतका अनुसार बैठकमा नेपाल-ओली निकट नेताहरूले खनालको राजीनामाको विकल्प नभएकोले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिएर राष्ट्रिय सहमतिमा जानुपर्नेमा जोड दिएका थिए ।
बैठकमा प्रधानमन्त्री खनालले भने आफ्नो बचाउ गर्दै आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिनुको विकल्प नभएको दाबी गरेका थिए । खनालको जोड संविधानसभाको म्याद थपिनुपर्छ भन्नेमा बढी थियो । ‘पहिले म्याद थपचाहिँ गरिहालौँ, त्यसपछि जे गर्नुपर्छ गरौँला’ भन्ने भनाइ खनालको थियो । तर, उनको भनाइमा अधिकांश नेताको विमति रह्यो । सरकार आफ्नो लक्ष्यअनुसार अघि बढिरहेको जिकिर गर्दै खनालले पार्टीबाट भएको असहयोगका कारण सोचेअनुसार काम हुन नसकेको गुनासो गरेका थिए । उपाध्यक्ष वामदेव गौतमले पनि सरकारको बचाउ गर्दै यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिन पार्टी लाग्नुको विकल्प नरहेको बताएका थिए ।

पेरिसमा भगवान् बुद्धको सम्झना
शान्तिका अग्रदूत भगवान् बुद्धको २५५५औँ जन्मजयन्तीका अवसरमा पेरिसमा इफल टावरनजिक ट्रोक्याडेरो भन्ने स्थानमा नेपाली राजदूतावास र नेपाली एकता समाजको संयुक्त आयोजनामा एक कार्यक्रम सम्पन्न भयो । सो अवसरमा फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले शान्तिको चाहना मानवजातिको सबभन्दा महत्त्वपूर्ण चाहना भएकोले यसको लागि सबै उत्प्रेरित भई मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा नेपाली एकता समाजका अध्यक्ष तप्त भण्डारीले बुद्धको शिक्षा र दर्शनको अनुशरण गर्नु अत्यावश्यक भएको धारणा प्रस्तुत गर्नुभयो । भगवान् बुद्धको मर्ूर्तिपछाडि ठूला राता ब्यानर, नेपाली तथा फ्रेन्च झन्डा, बुद्धवाणीअङ्कित प्लेकार्डहरू बोकी विभिन्न भेषभूषामा नेपाली नागरिक सम्मिलित सो कार्यक्रमलाई र्‍यालीकै रूप दिइएको थियो ।
यसैगरी भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेको २६००औँ अवसरमा २० मे २०११ का दिन पेरिसमा मुख्यालय रहेको युनेस्कोले पनि एक कार्यक्रमको आयोजना गरेको थियो । युनेस्कोका महानिर्देशक इरिना बोकोभाको विशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रममा भारतका संासद डा. करण सिंह, चीन, थाइल्यान्ड र पाकिस्तानका बौर्द्धधर्मसम्बन्धी विद्वान्हरूले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपालका तर्फबाट राजदूत मोहनकृष्ण श्रेष्ठले सारगरि्वत मन्तव्य प्रकट गर्नुभएको थियो । कार्यक्रममा पेरिसस्थित विभिन्न देशका राजदूतहरू तथा अन्य आमन्त्रित गरी करिब पाँच सयको उपस्थिति थियो ।

ऊर्जामन्त्री प्रतिबद्ध
लामो समयदेखि संसद्मा अड्किएर रहेको ऊर्जा सङ्कट विधेयकलाई ऊर्जामन्त्री गोकर्ण विष्टले निकट भविष्यमै पास गराउने विश्वास दिलाउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा ऊर्जामन्त्री विष्टसँग महासङ्घ सचिवालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सो विश्वास दिलाउनुभएको हो ।
ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका वरिष्ठ अधिकारीहरू, जलविद्युत् क्षेत्रका स्वदेशी एवम् विदेशी लगानीकर्ताहरू र नेपाली उद्यमी व्यवसायीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा मन्त्री विष्टले विद्युत् खरिद दर विधेयक छिट्टै आएमा सोही विधेयकमार्फतत र ढिलो हुन गएमा बोर्डमार्फतत भए पनि २० प्रतिशत दर बढाउने विश्वास दिलाउनुभयो । जलविद्युत् आयोजनाहरूमा हाल देखिएको असुरक्षा तथा भएका आक्रमणका विषयमा सहभागीहरूबाट राखिएको जिज्ञासामा सुरक्षाका हिसाबले ठूला संवेदनशील आयोजनाहरूमा सुरक्षा पोस्टको व्यवस्थालगायत सुरक्षाको प्रत्याभूति दिने तयारी सरकारबाट भइरहेको जानकारी उहाँले गराउनुभयो ।

धमलालाई बेग्लै भूमिका
रिपोरर््र्टस क्लबका अध्यक्ष ऋषि धमलालाई काठमाडौं उपत्यका बचाउ अभियानका विशेष दूत घोषणा गरिएको छ । प्लेजर नेपाल पिस सोसाइटी नामक एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रमबीच खनाल-सरकारका वनमन्त्री भानुभक्त जोशी र वातावरणमन्त्री सुनिल मानन्धरले उनलाई सो अभियानका विशेषदूत घोषणा गरेका हुन् ।
उपत्यका बचाउ अभियानअन्तर्गत यो वर्ष काठमाडौं उपत्यकाका सबै सार्वजनिक स्थलमा वृक्षरोपण गर्ने, खोला तथा मठ-मन्दिर सफा राख्ने र खोलाको किनारमा रूख रोपेर त्यसको सुन्दरता बढाउन पहल गरिनुका साथै प्रत्येक घरमा कम्तीमा एउटा रूख रोप्ने अभियान पनि सञ्चालन गरिने बताइएको छ । विशेष दूत घोषणा कार्यक्रममा वनमन्त्री जोशीले हरित उपत्यका निर्माणका लागि सरकारले छिट्टै ठोस कार्ययोजना ल्याउने र काठमाडौं उपत्यकालाई संसारकै नमुना हरित सहरको रूपमा विकसित गर्ने बताए भने अर्का मन्त्री मानन्धरले काठमाडौं उपत्यकाबाट टेम्पो हटाएर सरकारले नै सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएका थिए ।

सञ्चारकर्मीलाई विस्थापनको धम्की
नेपाली छापामाध्यम राष्ट्रिय सञ्जाल पश्चिमाञ्चल क्षेत्रीय समितिका सदस्य एवम् सराङकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जारालाई कास्कीका तत्कालीन जिल्ला शिक्षा अधिकारी वैकुण्ठप्रसाद अर्यालले पोखराबाट विस्थापित गराउने धम्की दिएको भन्दै सञ्जालले भर्त्सना गरेको छ । सञ्जालका क्षेत्रीय अध्यक्ष राजबहादुर गुरुङले एक विज्ञप्ति प्रकाशित गरी समाचारको खण्डन गर्ने वा कानुनी उपचारलगायतका वैधानिक बाटो छाडी राष्ट्रसेवकजस्तो जिम्मेवार ओहदामा रहेका व्यक्तिबाट यस किसिमको धम्की आउनु खेदजनक कार्य भएको जनाएका छन् । दोषीउपर छानबिन र कारबाहीको माग गर्दै विज्ञप्तिमा जनाइएअनुसार केही दिनअघि सराङकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जरालाई आफूविरुद्ध समाचार लेखेको भन्दै हाल चितवन सरुवा भई गएका जिशिअ वैकुण्ठ अर्यालले आफैं तथा पोखराका एक अज्ञात व्यक्तिसमेत लगाएर परिचय लुकाउँदै सभागृह चोकस्थित सार्वजनिक टेलिफोनबाट ज्यान मार्ने धम्कीसमेत दिएको पत्रकार बञ्जराले बताएका थिए ।

सिटिजन्सलाई मिल्यो सफलता
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो चुक्ता पुँजी दुई अर्ब पुर्‍याएको दाबी गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम हकप्रद सेयरसम्बन्धी सबै प्रक्रिया पुर्‍याएको र यसका लागि बैंकका समस्त सेयरधनीहरूबाट सहयोग प्राप्त भएको भन्दै बैंकले सेयरधनीहरूमा आभार प्रकट गरेको छ ।
आफ्ना २६ वटा शाखा तथा २४ वटा एटीएमबाट स्तरीय सेवा प्रदान गर्दै आएको सिटिजन्सले जेठ महिनाभित्रै विकट कर्णालीको हुम्लामा समेत शाखा सञ्चालनमा ल्याउने र यस आर्थिक वर्षभित्र चौधै अञ्चलमा सेवा विस्तार गरिने पनि जनाएको छ ।

धादिङमा दुर्घटना न्यूनीकरण कार्यक्रम
सडक जोखिममा परेका युवायुवतीलाई लक्षित गरी धादिङ यातायात व्यवसायी सङ्घ, धादिङले दुर्घटना न्यूनीकरणसम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । गत ७ गते उद्घाटन गरी ७ र ८ गते प्रशिक्षण दिइएको उक्त कार्यक्रमको उद्घाटन नेपाल प्रहरी ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी विज्ञान शर्माले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा डीआईजी शर्माको उपस्थितिले यातायात व्यवसायी र मजदुर प्रफुल्लित भएका थिए भने कार्यक्रममा नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालका केन्द्रीय अध्यक्ष देवप्रकाश त्रिपाठी विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । प्रमुख जिल्ला अधिकारी भरत पौडेल, जिविस धादिङका पूर्वसभापति खेम लोहनीसमेतले अतिथिका रूपमा सहभागिता जनाएको सो कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । लामो समयदेखि धादिङ यातायात व्यवसायी सङ्घअन्तर्गत सञ्चालित सवारी साधन चलाउने रंगनाथ अधिकारी, मानबहादुर शाक्य र रमाकान्त सेढार्इंलाई उक्त कार्यक्रममा नगद पुरस्कारसहित अभिनन्दन र सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डीआईजी शर्माले जोखिम न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्नुपर्ने सम्झाउँदै ट्राफिक नियम पालना आफ्नै सुरक्षाका लागि भएको बताउनुभएको थियो । यसैगरी विशेष अतिथि त्रिपाठीले दुर्घटना न्यूनीकरणका निम्ति ट्राफिक नियम पालना गर्न सबै सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । सङ्घका अध्यक्ष होमनाथ रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सङ्घका महासचिव शरद अधिकारीले गर्नुभएको थियो । प्रशिक्षण समापनपश्चात् प्रमुख जिल्ला अधिकारीले प्रशिक्षणमा सहभागी हुने विभिन्न क्षेत्रका ८० जनालाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
यसैबीच पिण्डेश्वरी युवा क्लबले आयोजना गरेको ‘प्रकोप न्यूनीकरण वातावरण संरक्षण र दिगो विकासका लागि हाम्रो अभियान’ विषयक चेतनामूलक कार्यक्रम गत शुक्रबार धादिङ पिंडास्थित भीमसेनस्थानमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालका केन्द्रीय अध्यक्ष देवप्रकाश त्रिपाठीले प्रमुख अतिथिको रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रकोप न्यूनीकरणमा युवाहरूले सचेत नहुने हो भने भावी पिँढीले यो धर्तीमा जिउन नसक्नेतर्फ सचेत रहन आग्रह गर्नुभएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी जितबहादुर भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शरद अधिकारी एवम् विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए ।
सोसम्बन्धी दुईदिने प्रशिक्षणमा ५७ प्रशिक्षार्थीले सहभागिता जनाएका थिए । क्लबका सचिव विष्णु भण्डारी ‘रेसम’द्वारा सञ्चालित तथा अध्यक्ष राजेन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न सोही कार्यक्रममा सो क्लबले पिंडा गाविसमा रहेका ३ वटा माविका दुई-दुई विपन्न छात्र-छात्रालाई छात्रवृत्ति प्रदान गर्ने घोषणासमेत गरिएको थियो ।

नेताहरु, जनतादेखि होसियार !
नेपाली जनता आफ्नो सुखशान्ति र देशमा विकास हुँदै जाओस् भनी ००७ सालदेखि ०४६ सम्म आन्दोलित नभएका पनि होइनन् । प्रजातन्त्र प्राप्तिका लागि ०४७ को संविधानअनुसार जनभावना बुझी सरकार चल्नुपर्नेमा पञ्चेहरूको डाह गरी काङ्ग्रेस र एमालेको सरकार चल्दै गयो । दुवै पार्टीको नेता र बाठा कार्यकर्ता मात्रै मोटाउँदै गए, गाउँदेखि जिल्लासम्म । विकास नभई भ्रष्टाचार बढ्नुको कारणले माओवादी ०५२ सालदेखि ०५८ सालभित्रमा देशभर सङ्गठन गरी यतिविधि लडाकु सेना विकसित हुँदासमेत चालपत्तो नपाउनु कतिसम्मको लापरबाही हो काङ्ग्रेस र एमालेको । सो समयभित्र विकासका पूर्वाधार ध्वस्त पारे, कति पुलिसचौकी नष्ट भई कति हतियार लुटे माओवादीले । आन्दोलनले १५ हजारको ज्यानसमेत लियो, ज्ञानेन्द्रले सरकार हातमा लिँदा प्रतिगमन भयो भनी सात पार्टी आन्दोलित हुँदै गए, सात पार्टीको आन्दोलनले सफलता नपाउँदै माओवादीको आन्दोलनको फलस्वरूप प्रजातन्त्र नेताको साथ ली सम्झौता गरी आन्दोलनले सफलता पायो । माओवादीको आन्दोलनले सफलता पायो । माओवादीको आन्दोलन सफल हुन पुग्दा राजा ज्ञानेन्द्रले जनचाहनाअनुरूप जनताभन्दा आफूलाई ठूलो नसम्झी कुनै धनजनको क्षति नगर्राई जनइच्छाको कदर गर्दै राजगद्दी त्यागी जनसाधारण नागरिक बने राजा ज्ञानेन्द्र । तत्पश्चात् आन्दोलन रोकिई माओवादीसहितको दिल्लीमा १२ बुँदे सम्झौता भयो । गिरिजा प्रधानमन्त्री भए । संविधानसभाको चुनाव भयो, परिणामअनुसार माओवादी ठूलो पार्टीको रूपमा पुग्यो । राष्ट्रपतिको चुनावले गिरिजाको सपना पूरा हुन पाएन र सकेन, जो उनले गर्दै आएको राजनीति क्रियाकलापको धोको थियो । १२ बुँदे सम्झौताअनुसार ठूलो पार्टीको हैसियतले माओवादीको सरकार बन्न पुग्यो, प्रजातन्त्रवादीको कमजोरीले लडाकु अर्धसैनिक भएको पार्टीलाई सरकार चलाउन दिन मिल्दैन थियो । यसरी बन्न पुगेको माओवादी प्रचण्डको सरकारप्रति जनताले ठूलो विश्वास लिएका थिए, शान्ति बहालीदेखि हरेक विषयका कुरामा ।
जनताले दिएको म्यान्डेटअनुसार सरकार चलाउनुपर्नेमा प्रचण्ड सरकार सेनापति रुक्माङ्गत कटवालालई हर्टाई निकाल्न पाए सैनिकसमेत आफ्नो अधिकारमा आउने र आफ्नो शासनको सरकार बलियो हुने सपनामा प्रचण्ड रुमलिन पुगे । जसको नतिजाले अर्को राजनीतिक रूप लिन पुगी प्रचण्डको इच्छा पूरा हुन नपाई सरकारसमेत छोड्नुपर्ने अवस्थामा पुगे प्रचण्ड । संवैधानिक नीतिअनुसार लडाकु सैनिक भएको पार्टीलाई सरकार चलाउने अधिकारै हुँदैन थियो थिचोमिचो गरी आएको सरकारलाई राम्रोसँग जनभावनाको कदर गरी सरकार चलाउन नसक्नु प्रचण्डको कमजोरी होइन, सत्ता छोड्नुपरेको पीडाले प्रचण्ड तोरीको फूल देख्दै छन् । लेनिन र माओको दर्शनअनुसार चल्नुपर्ने थिएन प्रचण्डले । १२ बुँदेखि कति बुँदे सम्झौता भएको त्यसको पालना गर्दै आए यी ठूला तीन दलले । सत्तालिप्साकै कारण गएको वर्ष संविधान बन्न सकेन, बन्न नसक्नुमा तीन दल दोषी त छँदै थिए । नसक्नुको कारणले गर्दा अनेक दूषित राजनीति गरी आखिरीमा ३ दल मिली रातको १ बजे म्याद थप गराइछोडे संविधानको । त्यसपछि बितेको एक वर्षभित्र यी ठूला भनाउँदा तीन दल एक-आपसमा आफ्ना कमी-कमजोरी र एकले अर्कोलाई दोषी बनाउने राजनीतिमा नै रुमलिई बिताए । एकदलीय र बहुदलीय राजनीतिले देशका जनताले शान्ति पाउन सकेनन्, केही समय अगाडि २ ठाउँबाट हारेका माधवकुमारलाई संवैधानिक अध्यक्ष प्रचण्डले नै बनाएका हुन्, हुँदाहुँदा पछि पनि चुनावमा आफ्नो हार हुने देखेर चुनाव लडेनन् सातचोटिमा । रामचन्द्र पौडेल एक्लो लड्दै रहे, नेपालको विचित्रको राजनीतिले अर्कै मोड लिन पुगी अन्तमा २२ दलको समर्थन जुर्टाई माधव नेपाललाई नै प्रधानमन्त्री बनाइयो । जसको फल आफूहरूले नपाउने देखी केही दिनमै कठपुतलीको संज्ञा दिई राजीनामा माग्ने काम सुरु गरियो । बहुमत हुँदाहुँदै पनि आफ्नै पार्टीभित्रका एमाले नेताहरूलाई साथमा लिई प्रचण्डले माधव नेपालको सरकारलाई राजीनामा गराइछाडे, एमाले र माओवादीको गठजोर मिलाई पार्टी अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन सफल भए प्रचण्ड । हाल तीन दलभित्रको परिदृश्य हेर्दा बुझिनसक्नुको छ नेपालको राजनीति, माओवादीले पालुङटारको मिटिङमा पास गरेको जनआन्दोलनलाई छोडी हाल आई डा. बाबुरामको शान्ति लाइन समात्नु र किरणलाई पाखा लगाउनु यो अर्कै राजनीति हुन पुगेको छ प्रचण्डको । झलनाथको सरकारले सय दिनसम्म पनि पूर्णता नपाउनु र अर्को माधवकुमार-केपी ओली र प्रजातन्त्रवादीको संयुक्त सरकारको मार्ग गर्नुले सरकार अल्पमतमा पर्ने देखिन्छ, यी तीन ठूला पार्टीभित्र जुन गुट-उपगुट र एकले अर्कालाई दोषी देखी लछार्ने-पछार्ने काम हुँदै जाँदा आउँदो जेठ १४ गते संविधान नबन्ने स्थिति भइसक्यो । नेता, वरिष्ठ नेता भनी कहलाउने नेताहरूले समयमै संविधान जनसमक्ष ल्याउन नसक्नु के नेताहरूको कमजोरी होइन, हरकुरामा जनतालाई राहत नदिँदा जनताले भोलि के सोच्लान् र के गर्लान् भन्ने विषयमा पनि सोचून् नेताहरूले । १२ दिनपछि आउने संविधान नआएपछि जेठ १४ गतेपछि देश र जनताले कस्तो दु:ख भोग्लान् भन्नै सकिन्न । पछि फेरि जनताको राय नलिई म्याद थपियो भने जनताले भोलि कसलाई साथ देलान् र के गर्लान् त्यो अर्कै ठाउँमा छ । बितेका दिनहरूमा ६०१ सभासद्देखि नेता भनाउँदाहरूले गर्दै आएको काम कारबाहीको विषयलाई लिई मिडिया सञ्चारमाध्यमले प्रचारप्रसार गरिसकेकै छ । शान्ति, रोजी-रोटी माग्दै आएका जनतालाई हेला नगरियोस्, शान्ति खलबलिन गएमा दोषीको भार यी तीन ठूला दलका नेताहरूले बोक्नुपर्नेछ, जेठ १४ गतेपछि शान्तिप्रक्रिया जनताप्रति सोचियोस्, सबैको बुद्धि पलाउनेतिर जाओस् ।
– भरत अधिकारी, गोठाटार, काँडाघारी

पासपोर्टमा फोटो बदल्ने प्रहरी कब्जामा
नेपाली पासपोर्टमा फोटो परिवर्तन गरी सक्कल राहदानीबाहकको राहदानी दुरुपयोग गर्ने ६ जना बंगलादेशी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोद्वारा पक्राउ परेकाहरूमा बंगलादेश नारायणगञ्ज स्थायी घर भई काठमाडौं खसीबजार बस्ने मो. राना, बंगलादेश सुमिला घर भएका बदिउल आलम, बंगलादेश झिंगोरगांसा घर भएका शुभनारायण चौधरी भन्ने आब्दुल रसिद, बंगलादेश पवना घर भएका सुमन भन्ने सिराजुल इसाम मुस्लमउद्दीन, बंगलादेश चान्दपुर घर भएका साहदत र काठमाडौं बत्तीसपुतली र्सर्ूयमार्ग बस्ने सनिजप्रसाद पौडेल रहेको नेपाल प्रहरीले जनाएको छ ।
बागबजारबाट पक्राउ गरी शरीर तलासी गर्दा पक्राउ परेकामध्ये रानाको साथबाट नुवाकोट मदानपुर-३ का रमेशरमन खनालको ३११२३० नम्बरको राहदानीमा फोटो परिवर्तन गरेको अवस्थामा फेला परेको थियो भने पक्राउ परेका सबैजनाको भिसाअवधि समाप्त भएको थियो । गौशालास्थित सनिज पौडेलले आप\mनै घरमा सञ्चालन गरेको बत्तीसपुतली साइबर एन्ड कम्प्युटरमा उनीहरूले फोटो परिवर्तन गर्ने गरेका थिए । प्रहरीले उक्त साइबरबाट कम्प्युटर, सीपीयू, स्क्यानर, कलर प्रिन्टर, लेमिनेसन मेसिनसमेत बरामद गरी महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौंमा बुझाएको छ ।
यसैगरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरीले महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमार्फतत ठमेलस्थित नसिम मोहम्मदको घरमा रवीन्द्रप्रसाद घिमिरेले सञ्चालन गरेको आशा नेपाल ट्राभल्स एन्ड र्टर्ुसबाट नेपाली व्यक्तिका ८५ थान राहदानी बेवारिसे अवस्थामा फेलापारी हनुमानढोकामा बुझाएको छ । ती पासपोर्टा समेत फोटो परिवर्तन गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

लडाकाले ज्यादति गर्दा इलामे नेता मौन !
शान्तिप्रक्रियालाई पूर्णता दिइने ओठेप्रतिबद्धता माओवादी नेतृत्वले जनाइरहेकै परिवेशबीच शिविरबाट बाहिर निस्किएर सर्वसाधारणमाथि हमला गर्ने दुष्कर्मलाई माओवादी लडाकुहरूले निरन्तरता दिएका छन् । गत २ गते इलामको चुलाचुलीस्थिते शिविरबाट बाहिर निस्किएर लडाकुहरूले स्थानीयबासी नेपाली काङ्ग्रेसका महासमिति सदस्य तारा फागोलगायतका सात घरमा आक्रमण गरी तीनजनालाई गम्भीर घाइते र पाँचजनालाई बेपत्ता पारेका छन् । आक्रमणबाट स्थानीय डिकबहादुर लिम्बू, सुमन थाम्सुहाङ र योगमाया तुम्बाहाम्फे गम्भीर घाइते भएका र मानबहादुर फागो, मिन्सु फागो, विभाङ नोगु, गुवल तुम्बाफो र छवि लिम्बूलाई बेपत्ता पारिएको नेपाली काङ्ग्रेस इलाम-काठमाडौं सर्म्पर्क समितिले जनाएको छ । सो कार्यको घोर भर्त्सना गर्दै समितिले आगामी दिनमा यस्ता क्रियाकलाप दोहोरिए गम्भीर ढङ्गले प्रतिकारमा उत्रने चेतावनीसमेत दिएको छ ।
इलामका नेताहरू प्रधानमन्त्री र संविधानसभाको अध्यक्ष भएका बेला यस्तो जघन्य अपराध हुँदा पनि दुवै नेताका तर्फबाट कुनै प्रतिक्रिया नआउनुले इलामे प्रजातन्त्रवादी क्रूद्ध भएको जनाउँदै सर्म्पर्क समितिका अध्यक्ष रुद्रमणि सुवेदीले घटनामा संलग्नलाई अविलम्ब कारबाही र पीडितलाई क्षतिपर्ूर्तिको माग गरेका छन् ।
यसैबीच इलाम घटनाका दोषीहरूलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कारबाही गरी पीडितहरूको आवश्यक उपचार तथा राहतको प्रबन्ध मिलाउन इन्सेकले पनि सरकारसँग जोडदार माग गरेको छ ।

शर्माका अनुभूति अवकाशको दैलोमा
निजामती सेवामा ३१ वर्ष बिताएर अवकाश पाउन लागेका श्यामसुन्दर शर्माको ‘अवकाशको दैलोमा’ नामक पुस्तक नेपाली बजारमा हालै सार्वजनिक भएको छ । हाल निर्वाचन आयोगमा कार्यरत शर्माद्वारा लिखित यो पुस्तकमा उनले आफ्नो पछिल्लो २० वर्षका जागिरे जीवनका अनुभव समेटेका छन् ।
यसभन्दा अघि १४ वटा विभिन्न विधाका पुस्तक लेखिसकेका शर्माको यो पुस्तक नितान्त आफ्नै निजामती सेवाका कार्यहरूसँग सम्बन्धित छ । उनले नितान्त आफ्नै व्यक्तिगत कुराहरू समेटिएको पुस्तक भने पनि निजामती सेवामा रहेका कर्मचारी र भविष्यमा सो सेवामा प्रवेश गर्न चाहने र खासगरी प्रमुख जिल्ला अधिकारीका दैनिकी र कामहरूका बारेमा जान्न चाहने जिज्ञासुहरूका लागि पुस्तक विशेष सहयोगी मानिएको छ ।
सामान्य प्रशासन मन्त्रालयबाट शाखा अधिकृतको रूपमा २०३६ साल मङ्सिर ५ गते सेवावधि सुरु गरेका शर्माले त्यसपछि विभिन्न मन्त्रालयअन्तर्गतका कार्यालयमा काम गरिसके पनि यो पुस्तकमा विशेषगरी बैतडी, पाँचथर, भक्तपुर, नुवाकोट र कास्कीको प्रमुख जिल्ला अधिकारी भएर काम गर्दाका अनुभवलाई समेटेका छन् । बाहिरी जिल्लामा गएर काम गर्नुपर्दाका कठिनाइ, त्यहाँका गन्यमान्य मान्छे र अन्य अड्डाका हाकिमसँग हेलमेल बढाउन तास खेल्नुपर्ने बाध्यता आदि कुराको वर्णन पनि नलुकाईकन गरेका छन् पुस्तकमा । उनी भक्तपुरमा प्रमुख जिल्ला अधिकारी भएर आउँदा त्यहाँ हुने सांस्कृतिक जात्रामा हुने गरेका गुण्डागर्दीको नियन्त्रण र अरनिको राजमार्गको विस्तारमा देखाएको साहसलाई सराहना गर्नैपर्छ ।
२०३६ सालबाट सुरु भएको उनको जागिरे जीवनले यही जेठ २३ बाट विश्राम पाउँदै छ । यो ३१ वर्षे जागिरे जीवनले उनी श्यामसुन्दर मात्र होइनन् कामसुन्दर पनि हुन् भन्ने प्रमाणित गरेको छ । उनको जागिरे जीवनले अवकाश पाए पनि अवकाशपछिको जीवनले विश्राम नलियोस्, सधैं निरन्तर अघि बढिरहोस्, अहिलेलाई यही कामना ।
गत माघमा सर्वोन्नति नेपालले प्रकाशन गरेको यस पुस्तकको वितरकको जिम्मा तलेजु पुस्तक पसलले लिएको छ । ३०० रुपैयाँ मूल्य रहेको यो पुस्तक जम्मा नौ भागमा विभाजित, आकर्षक सज्जा र राम्रो कागजमा २३० पृष्ठमा संरचित छ ।

पाटन अस्पतालमा भोलेन्टर सेवाले निरन्तरता पाउने
पाटन हस्पिटलमा विगत दस वर्षदेखि स्वयम्सेवकको काम गर्दै आएको भोलेन्टर समूहले दसौं भोलेन्टर दिवस मनाएको छ । एघारौँ वर्ष प्रवेशको अवसरमा आयोजित समारोहमा वक्ताहरूले स्वयम्सेवक कार्यबाट हस्पिटलमा आउने बिरामी तथा हस्पिटलका कर्मचारीहरूमा सहजताको माहोल सिर्जना भएको दाबी गरे ।
कार्यक्रममा उनीहरूले स्वयम्सेवक समूहलाई धन्यवाद दिँदै यस कार्यलाई निरन्तरता दिन अनुरोधसमेत गरेका छन् । उक्त अवसरमा हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट इन्द्र पौडेल, नर्स सुपरभाइजर गंगाराज राजकरि्णकार, ओपीडी इन्चार्ज विष्णु श्रेष्ठ, सिमसोन हस्पिटल रिर्सच सेन्टरका डाइरेक्टर मार्क जिमर्क मार्क तथा भ्वाइस अफ मारि्टनका निर्देशक मदन अधिकारी, पा. जीवन लामालगायतले हस्पिटलका स्वयम्सेवक टोलीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो भने आयोजक समितिका डीबी रमेश केसीले सबैको माया र सद्भावनाका कारण भोलेन्टर सेवालाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।

भूपू सैनिकका सन्तानलाई मित्रराष्ट्रको उपहार
नेपालका लागि भारतीय राजदूत राकेश सुदले नेपालका भूतपूर्व सैनिकले भारतलाई अमूल्य सेवा प्रदान गरेको भन्दै भूपू सैनिकको सराहना गर्नुभएको छ । पोखरामा निर्माण सम्पन्न नेपाल-भारत मैत्री विद्यालयको नयाँ भवन उद्घाटन गर्दै राजदूत सुदले विद्यालयको नयाँ भवन भूपू सैनिकले प्रदान गरेको अमूल्य सेवाको बदलामा भारत सरकारको कृतज्ञताको चिनो रहेको र यसबाट अन्य नेपाली विद्यार्थीको जस्तै भूपू भारतीय सैनिकका सन्तानको पनि शैक्षिक आवश्यकता पूरा हुने आशा व्यक्त गर्नुभयो ।
गत आइतबार उद्घाटन गरिएको पोखराको पीपीओ कम्प्लेक्समा रहेको नेपाल-भारत मैत्री विद्यालयको उक्त नवनिर्मित भवन नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत ८ करोड चार लाख भारतीय सहयोगमा निर्माण भएको हो ।
नेपाली भूपू भारतीय सैनिकहरू सेवा सकिएर नेपाल फर्किएपछि पनि तिनका सन्तानलाई शिक्षामा एकरूपता प्रदान गर्नका लागि नयाँदिल्लीको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसनसँग सम्बन्धन लिई उच्च माध्यमिक विद्यालय स्थापना गर्ने सम्झौत्ाापत्रमा नेपाल सरकारसँग २४ अगष्ट, २००६ मा हस्ताक्षर भएको थियो । नेपालमा रहेका १ लाख २४ हजारभन्दा बढी भूपू भारतीय सैनिकमध्ये कास्कीमा मात्रै १३ हजार ९ सय १९ छन् भने नयाँ पूर्वाधारले विद्यालयका आधाभन्दा बढी छात्रासहित पाँच सय ५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सुविधा प्रदान गर्ने जनाइएको छ ।
यसबाहेक अन्य दुई परियोजना निर्माणका लागि पनि भारत सरकारले सहयोग गरेको छ भने २० करोड ९७ लाख लगानीका चार परियोजनाको काम कास्कीमा सुचारु भइरहेको बुझिएको छ । भारतले नेपालको विकास र आर्थिक उन्नतिको महत्त्वलाई आत्मसात् गरेको र सोका लागि सम्भाव्य सम्पूर्ण सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।

राममणि उमाविलाई तीनतले भवन
भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत चार सयभन्दा बढी विभिन्न साना-ठूला परियोजना गरी ५८ अर्बभन्दा बढी अनुदान सहयोग प्रदान गरिसकेको मित्रराष्ट्र भारतले पछिल्लोपटक दुई करोड ५८ लाख सहयोग प्रदान गर्ने भएको छ । रूपन्देही मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको नयाँ तीनतले भवन निर्माणार्थ प्रदान गरिने सो सहयोगसम्बन्धी सम्झौतापत्रमा गतसाता हस्ताक्षर भएको छ । भारतीय राजदूतावास काठमाडांै र रूपन्देही जिल्ला विकास समिति तथा राममणि बहुमुखी क्याम्पसबीच सहयोगसम्बन्धी सम्झौता भएको हो ।
१९८८ मा स्थापित श्री राममणि बहुमुखी क्याम्पस पश्चिमाञ्चल विकास क्षेत्रकै एक प्रख्यात क्याम्पस हो । त्रिविसँग सम्बन्धनप्राप्त स्नातकोत्तरसम्म पढाइ हुने उक्त क्याम्पसमा १२ सयभन्दा बढी विद्यार्थी रहेका छन् भने भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने क्याम्पसका नयाँ भवन तथा फरि्नचर व्यवस्थाले बढ्दो विद्यार्थीको शैक्षिक आवश्यकता पूरा गर्नुको साथै क्याम्पसलाई उच्च गुणस्तरीय संस्था बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
साना विकास परियोजनाअन्तर्गत भारत सरकारको सहयोगमा रूपन्देहीमा सुचारु भएको यो नवौँ विकास परियोजना हो । भारत सरकारले आठ एम्बुलेन्स र दुई विद्यालय-बससमेत रूपन्देहीलाई उपहार प्रदान गरिसकेको छ ।