नेकपा सचिवालय बैठक बस्दै, माधव नेपालको असन्तुष्टि सुन्ने

नेकपा सचिवालय बैठक बस्दै, माधव नेपालको असन्तुष्टि सुन्ने


आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाइएको छ । बैठक तीन सातापछि बस्न लागेको हो ।

पार्टी र सरकारको समीक्षा तथा एकीकरणको विषयमा छलफल गर्न सचिवालयको बैठक बोलाइएको हो । त्यसैगरी, सरकारले जनभावना र मर्म अनुसार काम गर्न नसकेको र जनगुनासो चुलिएको भन्दै सरकारको कामको गम्भीर समीक्षा हुने पनि सचिवालयले जनाएको छ ।

यता, पाटीभित्र प्रदेशको इन्चार्ज र सचिव तोक्ने विषयमा तेश्रो वरियताका नेता रुष्ट बनेपछि दुई दिन बस्ने बैठकले असन्तुष्टि हटाउनेमा धेरै नेता विश्वस्त देखिएका छन् ।

त्यसैगरी, माधव कुमार नेपालको लिखित असन्तुष्टिमाथि पनि छलफल हुने नेकपा नेताले दावी गरेका छन् । नेता नेपालकै माग बमोजिम कात्तिक १३ र १४ गते स्थायी कमिटीको बैठक बोलाइएको छ ।