राजधानीमा नक्कली नोटको विगविगी

राजधानीमा नक्कली नोटको विगविगी


काठमाडौं र ललितपुरका विभिन्न स्थानमा नक्कली नोटको विगविगी छ । प्रहरीले राजधानीका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।

दशैंमा राजधानीमा नक्कली नोटको विगविगी भएको सूचना पाएपछि काठमाडौं प्रहरीले चलाएको अपरेशनका क्रममा नक्कली नोट बरामद भएको हो । प्रहरीले ५ जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ ।