आबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना २० भन्दा बढी घाइते

आबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना २० भन्दा बढी घाइते


बेसीशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको मिनिबस तनहुँको आबुखैरेनी गाउँपालिका–२ नारीघाटमा दुर्घटनामा परेको छ । दुर्घटना हुदाँ २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनिबस सडकभन्दा करिव १५ मिटर तल खसेको छ । घाइतेहरुको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए । ४० भन्दा बढी यात्रु लिएर आएको सो बस
तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।