काठमाडौं उपत्यकामा दशैंमा २ सय ५५ सवारी दुर्घटना, १२ को मृत्यु

काठमाडौं उपत्यकामा दशैंमा २ सय ५५ सवारी दुर्घटना, १२ को मृत्यु


असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गतेसम्म काठमाडौंमा उपत्यकामा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

यो अवधिमा २ सय ५५ सवारी दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि कात्तिक ३ गते सम्म भएका २ सय ५५ सवारी दुर्घटनामा परि १२ जनाको मृत्यु भएको हो । सवारी दुर्घटना परी ७ जना गम्भीर घाईते भएका छन् भने १ सय ७८ जना सामान्य घाईते भएका छन् ।

महाशाखाका अनुसार दुघृटनामा परी ३ सय १ सवारी साधानमा क्षती पुगेको छ । ट्राफिक प्रहरी महाशाखाले मदिराजन्य पदार्थ सेवन गरेर सवारी साधान चलाउने ९ सय ९२ जनालाई कारवाही गरेको छ ।