कृष्णनगरमा लगाइएको कर्फ्यु आज १२ बजेसम्मका लागि हटाइयो

कृष्णनगरमा लगाइएको कर्फ्यु आज १२ बजेसम्मका लागि हटाइयो


कपिलवस्तुको कृष्णनगरमा लगाइएको कफ्र्यु आज १२ बजेसम्मका लागि हटाइएको छ । कफ्र्यु सोमबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि हटाइएको हो ।

दूर्गाको मूर्ति सेलाउने विषयमा शुरु भएको विवादले उग्ररुप लिएपछि कृष्णनगर नगरपालिकाको कृष्णनगर क्षेत्रभित्र आइतबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । जिल्ला सुरक्षा समितिको बैठकले चार घण्टाका लागि कफ्र्यु हटाउने निर्णय गरेको हो ।