काजोल र अजय पुनः ठूलो पर्दामा देखिँदै

काजोल र अजय पुनः ठूलो पर्दामा देखिँदै


बलिउडको बेस्ट जोडीको रूपमा परिचित काजोल र अजय देवगन पुनः एक साथ फिल्ममा देखिने भएका छन् । काजोलले ‘तानाजी’ फिल्ममा सुुटिङ गर्न थालेपछि यो जोडी ठूलो पर्दामा पुनः सँगै देखिने पक्का भएको हो ।

बलिउड दर्शकहरूबीच निकै लोकप्रिय यो जोडीले यसभन्दाअघि पनि थुुप्रै फिल्ममा अनिभय गरिसकेका छन् । जसलाई दर्शकहरूले खुवै मन पराएका थिए । अहिले काजोल र अजयले एकसाथ अभिनय गर्ने भएपछि दर्शकहरू निकै उत्साहित भएका छन् ।

‘तानाजी’मा काजोल अजयको पत्नीको भूमिकामा देखिनेछिन् । तानाजीमा अभिनय गर्नुअघि काजोलले आफूलाई स्क्रिप्ट मन परेकोले यो फिल्ममा अभिनय गरेको बताएकी छिन् । यो फिल्ममा उनको भूमिका अहम् भएको काजोलले बताएकी छिन् । यो फिल्मको सुटिङ दुई महिनाअघिदेखि सुरु भए पनि काजोलले गत सातादेखि मात्रै सुटिङमा सहभागिता जनाएकी हुन् ।

काजोल र अजयसँगैै तानाजीमा सैफ अलि खानले पनि अभिनय गरेका छन् । सैफले यो फिल्ममा खलनायकको भूमिका निभाउनेछन् । जो तानाजी अजय देवगणका दुस्मन हुनेछन् । यो फिल्मको निर्देशन ओम राउतले गरिरहेका छन् ।