ट्रटस्की, लिन वियाओ र डा. भट्टर्राईको नियति

ट्रटस्की, लिन वियाओ र डा. भट्टर्राईको नियति


-डा. डिल्लीराम ढकाल
नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले केही समयअघि देशभक्तिका खातिर दण्डित हुनुपर्ने भए आफू भीमसेन थापाझैं मारिन तयार रहेको अभिव्यक्ति दिँदा नेपाली राजनीतिक वृत्तका साथै माओवादी पार्टीभित्र पनि हलचल पैदा भएको थियो । हालै डा. भट्टर्राईको हत्या गर्ने प्रयास पार्टी-अध्यक्षनिकटका व्यक्तिहरूबाट भइरहेको रहस्योद्घाटन भएपछि यस विषयले व्यापक चर्चा पाएको छ र सँगसँगै डा. बाबुरामलगायत अन्य नेताहरूको सुरक्षाबारे गम्भीर प्रश्न पनि जन्माएको छ । व्रि्रोहकालीन अवस्थामै पुष्टि हुन नसकेका कुरामा अनेक आरोप लगाइएर जनसेनाको हिरासतमा रहिसकेका डा. भट्टर्राईलाई माओवादी पार्टीका अध्यक्ष प्रचण्डले विदेशीको इसारामा चलेर क्रान्तिलाई धोका दिने प्रवृत्ति भनी कैयौँपटक आलोचना गरिसकेका छन् । देश र जनताको मुक्तिका लागि भनिएको दसवर्षे व्रि्रोहकालीन अवस्थामा पार्टीको उपल्लो नेतृत्वमा रहेका डा. भट्टर्राई समकालीन नेपाली राजनीतिका सबैभन्दा लोकप्रिय नेता भएको अवस्थामा आफ्नै पार्टीको सर्वोच्च नेतृत्वले विदेशी दलाल र गद्दारको पगरी गुथाइदिँदा भट्टर्राईको चित्त दुख्नु अस्वाभाविक छैन । सामान्यतया कम्युनिस्ट पार्टीमा नेतृत्वलाई चुनौती दिनसक्ने एवम् तुलनात्मक रूपमा बौद्धिक क्षमता राख्ने तथा लोकतान्त्रिक धारको नेतृत्व गर्ने नेतामाथि यस्ता खालका आरोप लागेका र भौतिक रूपमै सिध्याउने खतरनाक चाल चालिने गरिएको इतिहासमा पढ्न पाइन्छ ।
सन् १९१७ मा रुसमा वोल्सेभिक पार्टीको नेतृत्वमा क्रान्ति सम्पन्न गरिएपछि संसारका विभिन्न देशमा साम्यवादी दल प्रभावमा आएका थिए । मूलत: साम्यवादमा अन्तर्रर्ााट्रयवादलाई स्वीकार गरिएकोले हुनुपर्छ संसारभरि क्रियाशील साम्यवादी दलहरूले उनीहरूको सैद्धान्तिक एवम् साङ्गठनिक सवालमा एकरूपता ल्याउन खोजेको देखिन्छ । भलै विश्वव्यापी पतनको सङ्घारमा आइपुग्दा कैयौँ देशका कम्युनिस्टहरूले परम्परागत मान्यताबाट अलग्गिएर आफूहरूलाई लोकतान्त्रिक बनाउँदै लगेको उदाहरणहरू पनि इतिहासमा पढ्न पाइन्छ । चाहे जे भए पनि कम्युनिस्ट पार्टीमा लेनिनवादी सङ्गठन पद्धतिलाई साङ्गठनिक आत्माको रूपमा स्वीकार गरिएको हुन्छ । तर, सिद्धान्त र व्यवहारलाई सँगसँगै लान नसक्दा कैयौँ कम्युनिस्ट पार्टीहरू कि त चरम अधिनायकवादतर्फ उन्मुख भएका छन् कि त पतन नै भएका छन् । कम्युनिस्ट पार्टीको सैद्धान्तिक धरातल लेनिनवादी भए पनि एकपटक सर्वोच्च पदमा पुगेको व्यक्तिको चाहना र निगाहमा मात्र पार्टीका अन्य उत्तराधिकारी एवम् नेतृत्वपङ्क्ति चयन हुने गर्छ ।
त्यसैले कम्युनिस्ट पार्टीलाई सिद्धान्त र प्रयोगका आधारमा नरमवादी र चरमवादी खेमामा बाँड्न सकिन्छ । दुवै खेमाले आन्तरिक लोकतन्त्र र जनवादको रटान गरे पनि मूलत: चरमवादी वा अधिनायकवादी खेमामा आन्तरिक जनवाद केवल देखाउने दाँत मात्रै हुने कुरा संसारका कम्युनिस्ट पार्टीहरूको इतिहासले बताइसकेका छन् । यद्यपि सुधारिएको नरम वादमा केही लोकतान्त्रिक पद्धति अवलम्बन गरिएको पाइन्छ ।
उग्रवादी कम्युनिस्ट पार्टीमा पार्टीको आन्तरिक सङ्गठनको स्वरूपको प्रश्न प्रत्यक्ष रूपमा पार्टीको उद्देश्य र माध्यमसँग जोडिएको हुन्छ । लेनिनले मार्क्सवादी सिद्धान्तलाई रुसी सन्दर्भमा परिमारि्जत गरी सर्वहारावर्गमा क्रान्तिकारी चेतनाको विकास गर्दै हिंसाको बलमा विद्यमान राज्य व्यवस्था फालेर सर्वहारा वर्गको नेतृत्व स्थापित गर्नुपर्ने तर्क राखेका थिए । उनको यो विश्लेषणलाई सन् १९०३ ताका तत्कालीन रसियन सोसलिस्ट लेबर पार्टीको दोस्रो अधिवेशनमा प्रस्तुत गरिएको थियो । लेनिनको प्रस्तावको विपक्षमा समेत अन्य नेताले धारणा राखेका थिए । उनीहरूका अनुसार पार्टीलाई जनस्तरमा लैजाँदै क्रमिक रूपमा लोकतान्त्रिक गरी श्रमिक वर्गलाई अधिकारसम्पन्न बनाउने भन्ने थियो । त्यही आन्तरिक विवादले सन् १९१२ मा पार्टी विभाजन भयो । संसारभरका लोकतान्त्रिक एवम् उग्रवादी दुवै कम्युनिस्टहरू कार्लमार्क्सलाई दर्शन-पिता र लेनिनलाई सङ्गठन-पिताको रूपमा सम्मान गर्दछन् । खासगरी लेनिनलाई मान्नुको प्रमुख कारण उनको नेतृत्व नियन्त्रित सङ्गठन, अधिनायकवादी राज्य-व्यवस्था र वर्ग-सङ्घर्षको सिद्धान्तलाई स्वीकार गर्नु हो, भनिन्छ ।
आदर्श र व्यवहारसँगको तारतम्यता नमिल्दा उग्र कम्युनिस्ट पार्टीहरूमा पहिलो चरणमा नै नेतृत्व-विवाद प्रमुख समस्याको रूपमा देखिएको छ । विशेषगरी पार्टीको सर्वोच्च पदमा आसिन व्यक्तिलाई देवत्वकरण गरिने परिपाटीले उसकै नेतृत्वमा सारा पार्टीको सङ्गठन प्रभावित हुने गर्छ । सम्पूर्ण शक्ति केन्द्रित गर्न यस्तो व्यक्ति आफैंले वा उसका भरपर्दा वफादारहरूबाट व्यक्तिपूजाको संस्कार आरम्भ गरी उसलाई निरि्वकल्प र अतुलनीय बनाइन्छ । व्यक्तिपूजाको चरम दासत्वको रूप स्वीकार गरेपछि अमुख व्यक्तिको पछाडि ‘वाद’ वा ‘विचारधारा’ पुच्छर जोड्ने गरिन्छ । सन् १९१७ को अक्टोबर क्रान्तिपछिको समयमा रुस गृहयुद्धको मार खेपिरहेको थियो । ठीक त्यहीबेला बोल्सेभिक पार्टी सङ्गठित हुँदै सत्ताकब्जा गर्न सफल भएका कारण लेनिन देशको प्रधानमन्त्री र पार्टीको अध्यक्ष बन्न सफल भए । आफ्नो जीवनको क्रियाशील समयमा लेनिनले व्यक्तिपूजालाई प्रोत्साहन त दिएका थिएनन् तर उनको मृत्युपूर्वको केही समयपछि चलाख स्टालिनले आफ्नो स्वार्थका लागि लेनिनलाई दैविक अवतारको रूपमा पूजाको संस्कार आरम्भ गरेका थिए । जोसेफ स्टालिनलाई लेनिनकै इच्छामा उत्तराधिकारी घोषणा गरिएको थियो । सन् १९२२ मा पार्टीको महासचिव बनाइएका जोसेफ स्टालिन पार्टीभित्र खतरनाक तानाशाहको रूपमा स्थापित हुन पुगे । स्टालिनपछि नेतृत्वमा पुगेका निकिता ख्रुश्चेभ, लियोनेड ब्रेजनेभ र मिखाइल गोर्वाचोभसम्मका नेताले नेतृत्वमा पुग्न र पुगेपछि आफ्नै देवत्वकरण गर्न कुनै कसर बाँकी राखेनन् ।
कुरा रुसी कम्युनिस्ट पार्टीको मात्रै होइन । चीनमा अध्यक्ष माओको पार्टी र सरकारमाथिको पूर्ण नियन्त्रण र व्यक्तिपूजाका बारेमा घनीभूत अनुसन्धानात्मक पुस्तकहरू पढ्न पाइन्छन् । माओको मृत्युपछि देङ सियाओ पेङले मात्रै आर्थिक सुधारका नारा साकार पार्न दलमा सामूहिक नेतृत्वको अवधारणा लागू गरेका थिए ।
सबैभन्दा चाखलाग्दो विषय यो छ कि कम्युनिस्ट पार्टीहरूमा सर्वोच्च पदमा आसीन प्राय: सबै नेता आजीवन सो पदमा बसेका छन् । पूर्व सोभियत युनियनमा लेनिन र स्टालिन, चीनमा माओ सबैले आजीवन पार्टी र सरकारप्रमुखका हैसियतमा एकछत्र नियन्त्रण गरे । वर्तमान अवस्थामा विश्वमा रहेका ज्यादै न्यून कम्युनिस्ट राष्ट्रहरूमध्ये उत्तरकोरियाका किम इल सुङ र क्युवाका फिडेल क्यास्ट्रो आजीवन र्सर्वेसर्वा भएका नेतामा पर्छन् ।
कम्युनिस्ट पार्टीमा नेतृत्व-विवाद
कम्युनिस्ट पार्टीको सर्वोच्च नेताले आफ्ना प्रतिद्वन्द्वीका रूपमा आफू सक्रिय रहेको अवस्थामा अरू कसैलाई उठ्न दिँदैनन् । व्यक्तिको तानाशाही नियन्त्रण संस्थागत हुने पद्धतिबाट कतिपय अवस्थामा सर्वोच्च नेताको विरुद्धमा ‘कु’का प्रयाससमेत भएका छन् । र्सर्वेसर्वा नेताका विरुद्ध हुन सक्ने सम्भावित ‘कु’ लाई विफल पार्न सन् १९३० को सुरु दशकमा रुसमा स्टालिनले आफ्नै पार्टीमा सफाया आन्दोलन थालेका थिए । आफ्नो नीतिको विरोध गर्नु भनेको नेतृत्व स्वीकार नगर्नु हो भन्दै स्टालिनले आफ्नै पार्टीका बौद्धिक नेता ट्रटस्की र उनका समर्थकहरूलाई भौतिक रूपमा नै सफाया गर्ने अभियान चलाए ।
ट्रटस्कीले अक्टोबर क्रान्तिमा पुर्‍याएको योगदान र उनको बौद्धिक क्षमताको कारण महासचिव बनाइयोस् भनेर मृत्युपूर्व इच्छापत्रमा लेखेका लेनिनको उत्तराधिकारीको रूपमा स्टालिनले ट्रटस्कीलाई प्रमुख प्रतिद्वन्द्वी एवम् दुश्मनको रूपमा लिन पुगेका थिए । फलस्वरूप ट्रटस्कीलाई फसाउनकै लागि स्टालिनको वफादारी गरेका एक युवाको हत्यामा स्टालिनको हात रहेको आरोप लगाएर ट्रटस्कीलाई पार्टी निकाला, देश निकाला र अन्त्यमा हत्यासम्म गर्न भ्याए स्टालिनले । लेनिनको मृत्युपछि नेतृत्वमा आएका स्टालिनले सो समयमा पार्टीभित्र चुनौती आउनसक्ने देखेर १३ जना वरिष्ठ कमरेडहरूको हत्या गरेको बताइन्छ । त्यसो त आफ्नो प्रभाव जमाउन स्टालिनले अढाइ लाख मानिसको हत्या गरेको कुरा इतिहासमा पढ्न पाइन्छ ।
स्टालिनपछि उनका उत्तराधिकारीले पनि आफ्नो प्रतिस्पर्धीलाई भौतिक रूपमा समाप्त गरेका थुप्रै उदाहरण पढ्न पाइन्छन् । चीनका नेता माओले आफ्नो नेतृत्वलाई चुनौती दिने सयौँलाई सफाया गरेका छन् । सन् १९४९ मा चीनमा साम्यवाद स्थापना गरेपछि माओको मृत्युको अवस्थासम्म विभिन्न आरोपमा दसौँ लाख चिनियाँ नागरिक मारिएको दोष माओमाथि लगाइएको छ । तीमध्येमा स्वयम् अध्यक्ष माओका प्रतिद्वन्द्वी ठानिएका उपाध्यक्षहरू लि साओ ची, लिन वियाओजस्ता व्यक्तिहरूसमेत मारिएका छन् । कम्बोडियाका पोलपोटको खमेरुजको त के कुरा गरी साध्य छ र ? उनले पनि लाखौँ नागरिकहरूको हत्यासँगै आफ्नै वरिष्ठ कमरेडहरूको जीवन समाप्त पारिदिएका छन् । यी उदाहरणहरूको पङ्क्तिमा पर्ूर्वीयुरोपका कम्युनिस्ट नेताहरू, क्युवाका फिडेल क्यास्ट्रो, उत्तरकोरियाका किम इल सुङ र किम जोङ सुङ कसैले पनि आफ्नो नेतृत्वलाई चुनौती दिने कसैलाई बाँकी राखेका छैनन् ।
यस्ता विषम् परिस्थितिमा नेपालको माओवादी कम्युनिस्ट पार्टीमा नेतृत्व विवाद छरपस्ट भएको छ । नीति अस्वीकार गर्नु नेतृत्व अस्वीकार गर्नु हो भन्ने स्टालिनको सोचाइ अध्यक्ष प्रचण्डले मुखरित गरेका छन् भने बौद्धिक एवम् नरमवादी छवि बनाएका डा. बाबुराम भट्टर्राईको राजनीतिक भविष्य डगमगाएको छ । युद्धकालीन अवस्थामा नेकपा माओवादीका प्रमुख सङ्गठक मानिएका मोहन वैद्य -किरण) र अर्का प्रभावशाली नेता सीपी गजुरेललाई जासुस लगाएर पक्राएको आरोप स्वयम् भट्टर्राईले नै भोग्नुपर्‍यो । उक्त आरोपपछि डा. भट्टर्राईलाई पार्टीको साधारण सदस्यबाहेकका सबै जिम्मेवारीबाट मुक्त गरी हिरासत र श्रम शिविरमा राखिएको समाचारहरू आएका भए पनि बदलिँदो राजनीतिक परिवेशले राजाको निरङ्कुशतन्त्रविरुद्ध आन्दोलनरत काङ्ग्रेस, एमालेलगायतका दलका नेताहरूसँग भारतमा निर्णायक वार्ता गर्न उनको आवश्यकता महसुस गरी अध्यक्ष प्रचण्डले कारबाहीकै अवस्थामा आफ्ना एक विश्वासपात्र कृष्ण महराको साथ लगाएर दिल्ली पठाएको रोचक इतिहास हाम्रोसामु छ । कतिपय विश्लेषकले डा. भट्टर्राईलाई ट्रटस्की र लिन वियाओजस्तै समाप्त पारिने खतराबाट भने मुक्त हुन पुगेको बताउँदै आए पनि पछिल्लो घटनाले यो सम्भावना जीवित रहेको स्पष्ट पारेको छ । साथै उनको राजनीतिक भविष्य पनि खतरामुक्त भइसकेको छैन । आफ्नै पार्टीको दोस्रो नेतृत्व एवम् भोलिको सर्वोच्च नेतृत्वको प्रवल सम्भावना भएको नेतालाई विदेशी दलाल, अनुशासनहीन एवम् अराजकको अभियोग लगाउनु स्वयम् कम्युनिस्ट पार्टीका लागि पनि सामान्य विषय पक्कै होइन । मूलत: वर्तमान समयमा देशभित्र र बाहिर एवम् गैरमाओवादी तप्काबीच अत्यन्त लोकप्रिय बन्दै गएका डा. भट्टर्राईलाई अध्यक्ष प्रचण्डले प्रबल प्रतिद्वन्द्वी देख्नु अस्वाभाविक नभए पनि उनीउपर लगाइएका आरोपहरूलाई स्वाभाविक मान्न सकिँदैन । सम्भवत आफूलाई ‘लेनिन’ भएको गर्व गर्ने प्रचण्ड छोरा प्रकाशलाई उत्तराधिकारी घोषणा गर्ने अवस्थामा पुगिसकेका छैनन् । तर्सथ स्थापित नेतालाई राजनीतिक एवम् सम्भवत भौतिक रूपमा नै सफाया गरेर केही समय उत्तराधिकारीको मैदान खाली गर्न चाहन्छन् प्रचण्ड ।
किनभने, अधिनायकवादी कम्युनिस्ट पार्टीमा प्रतिक्रान्तिकारीको घुसपैठ नहोस् भनेर सर्वोच्च नेताले उत्तराधिकारी चयन गर्दछ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा गराउँदा बर्ुर्जुवा हुने उनीहरूको दाबी हुन्छ । लेनिनको इच्छामा स्टालिन नभए पनि नेतृत्व हत्याउन सफल भए । उत्तराधिकारीको रूपमा हर्ुकाइएका अर्का नेताले धोका दिएको भनेर हत्या गरिएको परिस्थिति थियो । चीनमा माओले पनि उत्तराधिकारी चयन गरेका थिए । कतै-कतै सफल देखिए पनि कतै-कतै उत्तराधिकारी चयनमा असफल देखिएका छन् कम्युनिस्टहरू । क्युवा र उत्तरकोरिया उत्तराधिकारी चयनका पछिल्ला उदाहरण हुन् । किम इल सुङले जीवनकालमा नै छोरा किम जोङ इललाई उत्तराधिकारी घोषणा गरेका थिए भने हाल किम जोङ इलले उनका कान्छा छोरालाई उत्तराधिकारी घोषणा गरेका छन् । क्युवामा फिडेल क्यास्ट्रोले आफू असक्त भएपछि भाइ राहुललाई राष्ट्रपतिका रूपमा उत्तराधिकारी चयन गरेका छन् ।
यो ऐतिहासिक पृष्ठभूमिमा नेपालको माओवादी पार्टीमा नेतृत्व विवादमा आएको छ । भलै राज्यसत्ता पूर्णतया यो पार्टीको नियन्त्रणमा आएको त छैन तथापि सरकार निर्माणका सन्दर्भमा पार्टी अध्यक्षको विकल्प डा. बाबुराम भट्टर्राईलाई चर्चामा ल्याइएपछि त्यहाँ आरोप-प्रत्यारोपको बाढी चल्न थालेको छ । वर्तमान समयमा नेपालमा राष्ट्रपतिभन्दा प्रधानमन्त्री शक्तिशाली हुने हुँदा अध्यक्षबाहेकको मान्छेलाई प्रधानमन्त्री बनाउँदा समानान्तर शक्ति निर्माण हुने खतरा प्रचण्डले औंल्याएका छन् भने आफू मात्रै र्सर्वेसर्वा हुन खोजेको सर्वसत्तावादी एवम् निरङ्कुश नेतृत्व गरेको आरोप डा. भट्टर्राई पक्षधरहरूले प्रचण्डउपर लगाएका छन् । यहाँसम्म कि सरकार गठन गरर््र्ने निक्र्योलसमेत नभएको अवस्थामा नै अर्थमन्त्री एमालेलाई दिने अभिव्यक्ति दिएर प्रचण्डले लोकप्रिय अर्थमन्त्रीको छवि बनाएका डा. बाबुराम भट्टर्राईको मन्त्रिमण्डलमा प्रवेश गर्ने मार्ग नै बन्द गरिदिएका थिए भने पछिल्लो उदाहरणको रूपमा नेपालको इतिहासमा नै सर्वाधिक मतान्तरले निवार्चित हुन पुगेको आफ्नै गृहजिल्लामा सङ्गठनका भिजलान्ते प्रयोग गरी डा. भट्टर्राईलाई प्रचण्डले राजनीतिक रूपमा निरीह बनाउने प्रयास गरेको पनि देखियो । यर्सथ भन्न सकिन्छ कि यतिबेला अधिनायकवादमा लोकतन्त्रको संयोजनले माओवादी पार्टीमा विरोधाभाष उत्पन्न गरेको छ । यसबाट मुक्ति पाउन सहयोद्धा कमरेडहरूलाई ट्रटस्की र लिन वियाओ बनाउनुभन्दा पार्टीलाई लोकतान्त्रिक रूपान्तरको मार्गमा अग्रसर गराउनु स्वयम् अध्यक्ष प्रचण्ड, माओवादी पार्टी र समग्रमा राष्ट्रलाई नै फाइदाजनक हुनेछ ।