राष्ट्रपति भण्डारीको हातबाट विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक

राष्ट्रपति भण्डारीको हातबाट विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक


राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट आईसीसी विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । आइतबार विहान चन्द्रागिरीमा सार्वजनिक गरिएको थियो । ट्रफी वर्ल्ड टुरका क्रममा काठमाडौं ल्याइएको विश्वकप क्रिकेटको ट्रफी शीतल निवास पनि लगिएको हो ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा ट्रफी सार्वजनिक गर्ने कार्यक्रम भने आकस्मिक रुपमा तय गरिएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भनिएको ट्रफी ओली अस्वस्थ भएका कारण राष्ट्रपतिको हातबाटै ट्रफी सार्वजनिक गरिएको हो ।

ट्रफी आज बसन्तपुर दरबार क्षेत्रमा सार्वजनिक प्रदर्शनीमा राखिने कार्यक्रम छ ।