धावक मानन्धरलाई ‘करिअर खेलाडी सम्मान २०७५’ दिइने

धावक मानन्धरलाई ‘करिअर खेलाडी सम्मान २०७५’ दिइने


पेप्सीकोला टाउनप्लानिङस्थित करिअर विल्डिङ इन्टरनेसनल एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई ‘करिअर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने घोषणा गरेको छ ।

विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका अनुसार धावक मानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँ राशि र ताम्रपत्रसहितको ‘करिअर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने निर्णय गरिएको हो ।

विगत ५५ वर्षदेखि निरन्तर दौडिँदै आएका चर्चित धावक मानन्धरको दौडप्रतिको लगावको उच्च सम्मान गर्दै ‘करिअर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

विद्यालयले यसअघि राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई ‘करिअर स्रष्टा सम्मान’ बाट सम्मानित गरेको थियो भने नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि सम्मान गरेको थियो ।

करिअरले स्रष्टाको साथै खेलाडीलाई पनि सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै भविष्यमा विशिष्ट कलाकारलाई पनि सम्मान गरिने प्रिन्सिपल हेम राईले बताए । विद्यालयले यसै महिनाको अन्त्यमा एक विशेष समारोहबीच धावक मानन्धरलाई सो सम्मान दिने तय गरेको छ ।