माफ अन्तरविद्यालय बास्केटबल मंसिरमा

माफ अन्तरविद्यालय बास्केटबल मंसिरमा


म्युचुएल एकेडेमिक एक्टिभिटिस फोरम (माफ) को आयोजनामा तेस्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंसिर ७ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत विभिन्न ३ विधामा माफमा आबद्ध ३६ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरले जनाएका छन् । सिनियर छात्र, सिनियर छात्रा र जुनियर छात्रमा समान १२–१२ टिमले भाग लिनेछन् । जुनियर छात्र स्पर्धा पहिलोपटक थपिएको हो । सिनियर छात्र र छात्रा दुवैमा ज्ञान निकेतन गत संस्करणको विजेता हो ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू शंखमूलस्थित ज्ञान निकेतनको कोर्टमा हुनेछन् । मंसिर १५ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी दिए ।