दोस्रो कोन्ज्योसोम खुला कराते शनिबारदेखि

दोस्रो कोन्ज्योसोम खुला कराते शनिबारदेखि


नेपाल सितोरियो कराते संघ, शाखा डोजो भारदेउको आयोजनामा दोस्रो कोन्ज्योसोम खुला कराते प्रतियोगिता कात्तिक १७ गते शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा काठमाडौं, ललितपुर, भुक्तपुर र काभ्रेबाट करिब चार सय ७० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख दिलबहादुर घलानले जनाएका छन् । विभिन्न २१ स्पर्धामा भिडन्त हुनेछ । एकदिने प्रतियोगिताका खेलहरू कोन्ज्योसोम गाउँपालिकास्थित भारदेउमा हुनेछ ।