नर्थ वेस्टन प्राइभेट स्कुल अर्गनाइजेसन (नोप्सो) को आयोजनामा कात्तिक १७ गते शनिबारदेखि अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । स्वयम्भू ठूलो भऱ्याङको बुद्धचोक फुटुल पार्कमा हुने प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहने नोप्सोका अध्यक्ष दिलीप रेग्मीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना हुन लागेको फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुने नोप्सोका सचिव राजेश्वर श्रेष्ठले जानकारी दिए ।
एकदिने प्रतियोगितामा सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिने र समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । नोप्सोका ईसीए इन्चार्ज राजकुमार श्रेष्ठले प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने बताए ।
प्रतिक्रिया