तीन महिनामा २ करोडका तस्करीका सामान बरामद

तीन महिनामा २ करोडका तस्करीका सामान बरामद


सशस्त्र प्रहरी बल, भन्सार राजस्व सुरक्षा गुल्म वीरगञ्जले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइरहेको रु. तीन लाख सात हजार ५ सय ५० बराबरको सामान बरामद भएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काको नेतृत्वमा खटेको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती क्षेत्रबाट ना.१ह ५३५४ नम्बरको ई–रिक्सामा लत्ताकपडा, स्टिलका भाँडावर्तन, प्लास्टिकका झोलालगायत सामान बरामद गरेको हो ।

सो प्रकरणमा छपकैया बस्ने ४१ वर्षीय सफिक अन्सारीसमेतलाई पक्राउ गरी आवश्यक कारवबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरी बल भन्सार राजस्व सुरक्षा गुल्म वीरगञ्जले चालू आर्थिक वर्षको साउनदेखि हालसम्म चोरी तस्करीका करिब रु. दुई करोड मूल्यबराबरको सामान बरामद गरेको जनाइएको छ ।