बाँदरले आतंक मच्चाएपछि भारतबाट विज्ञ बोलाएर झ्यालखानामा थुनियो

बाँदरले आतंक मच्चाएपछि भारतबाट विज्ञ बोलाएर झ्यालखानामा थुनियो


पर्वतको महाशिला गाउँपालिकामा बाँदरले आतंक मच्चाएपछि भारतबाट विज्ञ बोलाएर बाँदरलाई झ्यालखानामा थुनिएको छ । खेतबाली नष्ट गरेपछि झण्डै ३० लाख बजेट पारित गरेर गाउँपालिकाले भारतबाट विज्ञ बोलाएर २ सय ५० भन्दा बढी बाँदरलाई नियन्त्रणमा लिएको हो । बाँदर नियन्त्रणका लगि भारतीय नागरिक, स्थानीय र प्रहरी गरी २० जनाको टोली परिचालन गरिएको छ । नियन्त्रणमा लिएका बाँदरलाई बर्दिया राष्ट्रिय निकुञ्जमा लैजाने तयारी गरि बाँदरका लागि आवश्यक खानेकुरा जगेर्ना गर्न समस्या भएको छ ।

भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी र हो श्राङ्दीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली नाश गर्ने गरेका कारण गाँउपालिकाले नै बाँदर नियन्त्रणका लागि अभियान नै चलाएको थिए । महाशिला गाँउपालिकाको साढे ४९ वर्ग्किलोमिटर मध्ये २५ वर्गमिलोमिटरमा खेती हुँदै आएको छ ।