सप्तरीको कञ्चनरूपमा १५ बिघामा खेलमैदान बन्ने

सप्तरीको कञ्चनरूपमा १५ बिघामा खेलमैदान बन्ने


खेलमैदान निर्माण गर्न कञ्चनरूप नगरपालिकाले १५ बिघा जग्गा उपलब्ध गराएको छ ।

जिल्ला खेलकुद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेलमैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली जग्गा उपलब्ध गराएको खेलकुद विकास समिति सप्तरीका उपाध्यक्ष धीरेन्द्र बर्मा (धिरु)ले बताए ।

साबिकको रूपनगर वडा नं. ५, ६, ८ र ९ मा रहेको सार्वजनिक तथा ऐलानी जग्गामा खेलमैदानका लागि सो जग्गा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । उक्त खाली जग्गामा चाँडै नै खेलमैदान निर्माण कार्य अगाडि बढाइने उपाध्यक्ष बर्माले जानकारी दिए ।