प्रदेश प्रमुख कार्यालय नजिकै युवकको शव भेटियो

प्रदेश प्रमुख कार्यालय नजिकै युवकको शव भेटियो


सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय नजिकै एक युवकको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका– खानेपानी रोडका अन्दाजी २५ वर्षका विजय थापाको शव फेला परेको हो ।

घटनाको अनुसन्धानका लागि एक जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रदेश प्रमुख कार्यालय नजिकै रहेको कलश होटेलको पछाडिपट्टी थापा मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुलेको छैन । राति विजयको शव लिएर हिँडिरहेको अवस्थामा स्थानीयले देखेर आशिषलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । आशिषले विजय छतबाट लडेकाले उपचारका लागि नजिकैको अस्पताल लैजान लागेको बताएका थिए । प्रहरीले घटना अनुसन्धानका लागि धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका आशिष क्षेत्रीलाई नियन्त्रणमा लिएको छ ।