रणवीरभन्दा पहिले यी दुई क्रिकेटरसँग जोडिएकी थिइन् दीपिका

रणवीरभन्दा पहिले यी दुई क्रिकेटरसँग जोडिएकी थिइन् दीपिका


बलिउड र क्रिकेटको नाता निकै पुरानो छ । बलिउड एक्ट्रेसहरूको क्रिकेट खेलाडीको साथ अफेयर्सका समाचार बेला–बेला आइरहन्छन् । दीपिका पादुकोणले पनि यसबाट आफूलाई अलग तुल्याउन सकिनन् ।

त्यसो त यतिबेला दीपिकाको विवाह रणवीर सिंहसँग भइसकेको छ, तर यसअघि कुनैबेला उनको सम्बन्ध प्रख्यात भारतीय क्रिकेटरहरूसँग निकै गहिरोसँग जोडिएको समाचार चर्चामा थियो । जानौँ, को हुन् त ती क्रिकेटर ?

एक समय क्रिकेटर युवराज सिंह र दीपिकाबीचको प्रेम–सम्बन्ध उत्कर्षमा थियो । युवराजको खेल भएको बेला दीपिका उनको लागि ‘चियर’ गर्दै गरेकी अवस्थामा देखिन्थिन् । म्याच सकिएपछि उनीहरू डिनरमा पनि सँगै हुन्थे ।

त्यो समय दीपिका बलिउडमा आफ्नो करिअर बनाउन मेहनत गरिरहेकी थिइन् । युवराज सिंहसँगको सम्बन्धका कारण उनको चर्चा निकै भयो र उनलाई लोकप्रियता पनि हासिल भयो । कैयन कार्यक्रममा उनीहरू एकसाथ सहभागी हुन्थे ।

तर, ती दुईको सम्बन्ध धेरै लामो समय टिकेन । उनीहरू बीचको सम्बन्धमा पूर्णबिराम लागेको खबर आएको केही समयमै युवराज सिंहले एक्ट्रेस हेडल कीचसँग विवाह गरे ।

यसैगरी दीपिका र क्रिकेटर महेन्द्रसिंह धोनीबीचको अफेयर पनि एकताक निकै चर्चामा थियो । युवराज सिंहसँगको सम्बन्धभन्दा अघिकै कुरा थियो यो, सन् २००७ तिर । धोनी स्वयमले दीपीका र आफूबीचको सम्बन्धलाई पब्लिकली एक्स्पेट गरेका थिए र भन्थे– उनी मेरी जबर्जस्त प्रशंसक हुन् ।

धोनी र दीपिकाबीचको सम्बन्धबारे सबै जानकार थिए र त्यो सम्बन्ध निकै चर्चामा पनि रह्यो । तर, यी दुईबीच पनि सम्बन्ध धेरै टिक्न सकेन । एकदिन ‘धोनी र दीपिकाबीच ब्रेकअप’ भन्ने समाचार ब्याप्त भयो र त्यसपछि यी दुवै कहिल्यै एकसाथ देखिएनन् ।

यस घटनापछि दीपिकाले आफ्नो पूरै ध्यान बलिउड तथा फिल्मी करिअरमा लगाइन् र आज उनी बलिउड फिल्म उद्योगमा नम्बर एक हिरोइनको रूपमा विराजमान छिन् ।