ट्रकले च्यापिएर हेटौँडामा दुईको मृत्यु

ट्रकले च्यापिएर हेटौँडामा दुईको मृत्यु


हेटौँडामा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै लिएर आएको ना.६ख ७०१७ नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा पल्टिँदा ना.४६प ६२१ नम्बरको मोटरसाइकलका चालक २० वर्षीय सुदीप घिमिरे र ना.१ह ८९५९ नम्बरको अटोमा सवार ३५ वर्षीय गंगा चेम्जोङको मृत्यु भएको हो ।

मृतक दुवै हेटौँडा– ४ का बासिन्दा भएको मकवानपुर प्रहरीले बताएको छ । ट्रक सडकमै पल्टिँदा मोटरसाइकल र अटो दुवैलाई च्यापेको थियो । उनीहरू दुवैका उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रक पल्टिएर आवागमनमा अवरोध पुगेकोले पल्टिएको ट्रक क्रेनको सहायताले हटाउने कार्य भइरहेको हाम्रा हेटौँडास्थित संवाददाताले बताएका छन् ।