नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधानविपरीत चलाएको आरोप लगाएका छन् । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै सिंहले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताए । अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व कांग्रेसमा आवश्यक रहेको उनको भनाइ छ ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले वर्तमान सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोपसमेत लगाए ।
प्रतिक्रिया