कांग्रेसका नेतासँग डेनमार्कका सांसदको छलफल

कांग्रेसका नेतासँग डेनमार्कका सांसदको छलफल


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारी तथा डेनमार्कका सांसद र नेताको टोलीबीच नेपालमा डेनिस राजदूतावास पुनर्स्थापनाको विषयमा छलफल भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको भेटमा पूर्वप्रधानमन्त्री देउवाले डेनमार्कले नेपाललाई गर्दै आएको सहयोगको सराहना गर्दै निरन्तरताको अपेक्षा गरेको भेटमा सहभागी सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । डेनमार्कको सत्ता र प्रतिपक्ष दलका सांसद तथा नेतासहितको टोलीले प्रतिपक्षी दल कांग्रेसको भूमिका, नेपालको आर्थिक तथा सामाजिक चुनौती, संविधान कार्यान्वयनलगायत विषयमा पनि चासो व्यक्त गरेको थियो ।

भेटमा सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, राष्ट्रिय सभामा कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे, सांसद डा. मीनेन्द्र रिजाललगायत उपस्थित थिए ।