लोकप्रिय गायक राजेशपायल राईले ६ वर्षकी नाबालिका रिवेका लामासँग ‘ए छोरी… ए बाबा’ बोलको रेकर्ड गरेका छन् । उक्त गीत यतिबेला युट्युबमा दिन–प्रतिदिन लोकप्रिय बन्दै गएको छ ।
बाबु र छोरीबीचको नाता–सम्बन्ध बोल्ने उक्त गीत नाबालिका रिवेकाको पहिलो रेकर्डेड गीत हो । पविन दाहालको शब्द र मनोज साङ्सोन राईको सङ्गीत र संयोजन रहेको गीत रिवेकासँग गाउन पाउँदा आफूलाई खुसी लागेको राजेशपायलले बताएका छन् । राम्रोसँग बोली फुटिनसकेकी बालिकाले निर्धक्कसँग राजेशसँग गीत गाएकी छन् । यो नै उक्त गीतको खास विशेषता हुनुका साथै सङ्गीतप्रेमीको ध्यान खिच्न सफल बन्नुको एक कारक बनेको छ ।
प्रतिक्रिया