सोनी टीभीमा प्रसारण हुँदै आएको चर्चित कार्यक्रम ‘कौन बनेका करोडपति’को आज मंसिर ७ गते शुक्रबार फिनाले एपिसोड हुँदै छ । उक्त फिनालेमा भारतका चर्चित कमेडियन कपिल शर्मा अमिताभसँग देखिनेछन् । कपिल हट सिटमा बसेर अमिताभसँग रोमाञ्चक कुरा गर्नेछन् । लामो समयपछि कपिल फिनालेमा आउने भएपछि अहिले उनको बारेमा व्यापक चर्चा भइरहेको छ ।
हट सिटमा बसेपछि कपिलले अमिताभसँग निकै रमाइला कुरा गरेका छन् । कपिलले अमिताभसँग प्रश्न गरे पनि एउटा प्रश्नमा सोधेका छन्, ‘जब तपाईं स्टार हुनुहुन्थेन त्यसबेला तपाईंले बाँकी रहेको कपडालाई पतलुङ बनाउनुभएको थियो रे ?’ कपिलको यो जवाफमा अमिताभ आश्चर्य प्रकट गर्दै हाँसेका थिए भने उपस्थित दर्शक दीर्घामा हाँसो फोहरा छुटेको थियो ।
त्यस्तै कपिलका बालसखा तथा दुःखसुखका साथी चन्दन प्रभाकर पनि फिनालेमा आएका छन् । उनले पनि अमिताभलाई यस्तै प्रकारको हास्य प्रश्न सोधेका छन् । ‘तपाईंको एउटा लोकप्रिय डाइलग छ, म जहाँ खडा हुन्छु त्यहीँबाट लाइन सुरु हुन्छ, खास गरेर यो लाइन केका लागि लगाइन्थ्यो ?’ चन्दनको यो प्रश्न सुन्नेबित्तिकै अमिताभ निकै ठूलो स्वरमा हाँसेका थिए । त्यसपछि अमिताभले भने, ‘मलाई आजसम्म यस्तो किसिमको प्रश्न कसैले सोधेकै छैन । तपाईंहरू दुईजनाको दिमागमा यस्तो प्रश्न कसरी आयो भनेर उल्टै प्रश्न गरेका थिए ।
कपिल र चन्दन कौन बनेगा करोडपतिमा आएपछि फिनाले निकै रोमाञ्चक हुने भएको छ । उनीहरू फिनालेमा कमेडियनको रूपमा प्रस्तुत हुने भएकाले पनि फिलानेमा चारचाँद लाग्ने भएको छ । कपिलको नयाँ शो चाँडै सोनी टेलिभिजनमा आउँदै छ । उनीहरू यसैको प्रमोसनको लागि कौन बनेका करोडपतिमा प्रमोसनको लागि आएका हुन् ।
त्यस्तै कपिल १२ डिसेम्बरमा विवाहबन्धनमा बाँधिदै छन् । कपिलको विवाह उनकी बचपनकी साथी गिन्नी चतरथसँगै हुँदै छ । आफ्नो विवाहबारे पनि कपिलले अमिताभसँग प्रश्न गरेका छन्, ‘तपाईंको जस्तो सुखद वैवाहिक जीवनका लागि के गर्नुपर्ला ?’ अनुभवको आधारमा उनले अमिताभसँग टिप्स मागेका छन् ।
प्रतिक्रिया