सत्ताधारी अरिंगालहरू उल्टै खनिनु ! कस्तो जंगलको राज ?

सत्ताधारी अरिंगालहरू उल्टै खनिनु ! कस्तो जंगलको राज ?


नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या काण्डमा सरकारको थप आलोचना गरेका छन् । सरकार इतिहासकै कमजोर र लाचारी भएको बताएका हुन् ।

सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्, ‘निर्मला बलात्कार–हत्या प्रकरण ४ महिना पुग्दा पनि २÷३ को सरकार कानमा तेल हालेर सुत्नु, न्याय माग्दा विपन्न बाबुआमाको झन् विचल्ली हुनुस न्यायको संघर्षमा साथ दिनेमाथि सत्ताधारी अरिंगालहरू उल्टै खनिनु ! कस्तो जंगलको राज ? सामाजिक फासिवादतर्फको यात्रा ? मानवताको स्खलन ? चूप नबसौं ! अझ जोडले बोलौं !’

डा भट्टराईले निर्मला काण्डमा समग्रमा अहिलेसम्मको घटनाक्रमलाई समेटेर सरकारलाई सचेत गराएका छन् र उनले यसका विरुद्ध खरो भएर उत्रन सबैसमक्ष अनुरोध पनि गरेका छन् । उनले सरकारले गठन गरेका विभिन छानबिन समिति र तिनै समितिहरुबाट पनि भइरहेको दुरुपयोगले गर्दा सरकारको हैसियत छर्लङ्ग हुँदै गएको स्पष्ट पारेका छन् ।