नारायणकाजी श्रेष्ठले भने- ‘त्यो वाहियात हो’

नारायणकाजी श्रेष्ठले भने- ‘त्यो वाहियात हो’


नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो निजी जीवनबारे चलेको हल्ला ‘वाहियात भएको’ बताउनुभएको छ । राष्ट्रिय सभाकी सदस्यसमेत रहेकी कलाकार कोमल वलीसँग विवाहको प्रसंग जोडेर आएको समाचार पूरै गलत भएको नेता श्रेष्ठ सम्बद्ध सूत्रले जनाएको छ । यस सम्बन्धमा घटना र विचारले श्रेष्ठसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो, ‘यो वाहियात हल्ला हो ।’

स्मरणीय छ, नेता नारायणकाजी श्रेष्ठले केही वर्षअघि नै जीवनभर विवाह नगर्ने सार्वजनिक घोषणा गर्नुभएको छ । पार्टीकै कतिपय नेतावाट विवाह गर्ने भन्दै यस प्रकारको हल्ला–चर्चा चलाएको कुराले आफूलाई दुःखी तुल्याएको श्रेष्ठको भनाइ छ ।

प्राप्त जानकारीअनुसार केही दिनअघि फ्रान्सेली राजदूतको निवासमा आयोजित रात्रिभोजको अवसरमा लिएको सामूहिक तस्बिरलाई आधार बनाएर नारायणकाजी श्रेष्ठ र कोमल वलीबीच विवाहको हल्ला चलाइएको हो ।