कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालमा

कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालमा


एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौं आइपुगेका छन् ।

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो ।

आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौंमा हुँदै छ ।