म्यानमारकी विदेशमन्त्री तथा स्टेट काउन्सिलर आङ साङ सुकी काठमाडौं आएकी छिन् । भोलिदेखि नेपालमा सुरु हुने ‘एसिया प्यासिफिक समिट–२०१८’मा सहभागी हुन उनी आज काठमाडौं आएकी हुन् ।
अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । उनलाई विमानस्थलबाट उनी बस्ने व्यवस्था मिलाइएको कालिमाटीस्थित सोल्टी होटेलसम्म पुऱ्याउन सैनिक हेलिकोप्टरसहितको विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो ।
विवादास्पद पात्र एकनाथ ढकालले नेतृत्व गरेको गैरसरकारी संस्था युनिभर्सल पिस फेडेरेसनको मूल आजोजकत्वमा हुन लागेको यो सम्मेलन इसाई धर्मको प्रचारका लागि गरिएको चर्चा सामाजिक सञ्जालहरूमा व्याप्त छ । पूर्वमन्त्रीसमेत रहेका ढकाल इसाई धर्मको प्रचारप्रसारको लागि सक्रिय व्यक्तिको रूपमा चिनिन्छन् भने प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत नेतालाई आफ्नो प्रभावमा पारेका छन् ।
प्रतिक्रिया