थापाद्वारा दश पदाधिकारी मनोनयन

थापाद्वारा दश पदाधिकारी मनोनयन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीका नौजना केन्द्रीय सदस्यलाई आज सहायक महामन्त्रीमा मनोनयन गरेका छन् । पार्टीको विधानबमोजिम उनीहरूलाई मनोनयन गरिएको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

थापाद्वारा सहायक महामन्त्रीमा मनोनयनमा परेकाहरूमा भक्ति सिटौला (झापा), केदारनाथ कोइराला (मोरङ), राजाराम बर्तौला ( मकवारपुर) रहेका छन् । यसैगरी सहायक महामन्त्रीमा मनोनयनमा परेकाहरूमा अन्यमा वसन्तमानसिंह अधिकारी (संखसवासभा), इन्द्र चित्रकार (काठमाडौं), प्रेमकुमार श्रेष्ठ (प्रवास), राजेश गिरी (झापा, तीर्थराज चटौत (कञ्चनपुर) र रेणुदेवी साह (सप्तरी रहेका छन् ।

आजै थापाद्वारा धादिङका विशेश्वर शर्मा सुवेदीलाई सहायक कोषाध्यक्षमा मनोनयन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।