घोराहीमा व्यवसायीको हत्या

घोराहीमा व्यवसायीको हत्या


घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुननजिक गएराति एक व्यवसायीको हत्या भएको छ । घोराही– १४ माथिल्लो बसपार्कनजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करिब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेपछि उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

हत्यामा संलग्न भएको आशंकामा हिजै साँझ प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको गरेको र उनी अनुसन्धानकै क्रममा रहेको प्रमुख पाण्डेले बताए । हत्या भएका घर्तीको टाउको, छातीमा ठूलो घाउ थियो ।