लाहानमा बिजुली चोरीमा संलग्न २६ पक्राउ

लाहानमा बिजुली चोरीमा संलग्न २६ पक्राउ


नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लाहानले विद्युत् चोरी गर्ने २६ जनालाई पक्राउ गरेको छ ।

वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहाबट ऐनअन्तर्गत कारबाही गरी जरिवानाबापत रु. दुई लाख २६ हजार राजस्व संकलन भएको प्रमुख यादवले बताए । उनका अनुसार सो क्रममा चार थान विद्युत् मिटर, दुई थान पंखा, एक थान टेलिभिजन र एक थान रन्दा मेसिन (काठको काम गर्ने) लगायतका समानसमेत बरामद गरिएको छ ।