बलात्कारी बाबुलाई २३ वर्ष कैद फैसला

बलात्कारी बाबुलाई २३ वर्ष कैद फैसला


जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अभियुक्तबाट पीडितलाई रु. ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

दुई वर्षअधि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादकपदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबर्जस्ती करणी गरेका थिए । पटक–पटकको करणीबाट गर्भवती भएपछि २६ सायन ०७४ मा बाह्रबिसे ‘ङ’ले जाहेरी गरेकी थिइन् । जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे ‘घ’ विरुद्ध २० भदौ ०७४ मा नाबालक हाडनाता र जबर्जस्ती करणीको तीनवटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो ।

स्रेस्तेदार पौडेलका अनुसार साउनदेखियता सम्बन्धविच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वृद्धि भएको छ ।